Successfully Copied

साइन्स पढेकी समाचारवाचिका 

सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने सोच राख्ने समाचारवाचिका हुन्–श्री पाण्डे । ३ वर्षदेखि टेलिभिजनमा समाचार भन्दै आएकी श्रीको प्रस्तुति, कन्फिडेन्ट तथा सुन्दरताका कारण उनका प्रशंसकको संख्या बढ्दो छ ।

सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने सोच राख्ने समाचारवाचिका हुन्–श्री पाण्डे । ३ वर्षदेखि टेलिभिजनमा समाचार भन्दै आएकी श्रीको प्रस्तुति, कन्फिडेन्ट तथा सुन्दरताका कारण उनका प्रशंसकको संख्या बढ्दो छ । सानैदेखि क्यामेराको अगाडि काम गर्ने रहर थियो उनमा । पाल्पाको सरकारी विद्यालयमा पढेकी पाण्डेको नेपाली लेखाइ र बोलाइ निकै आकर्षक थियो । त्यतिबेला टेलिभिजनमा रमा सिंह, मनीषा घिमिरेहरूको समाचार वाचन सुन्दै हुर्किएकी श्री एकदिन आफू पनि त्यसरी समाचार भन्छु भन्ने सपना बुन्थिन् । 

हुन त उनले ४ वर्षअघि म्युजिक भिडियोबाट यो क्षेत्रमा प्रवेश गरेकी हुन् उनी । पाण्डेले केही म्युजिक भिडियोमा काम गरिन् तर त्यसमा खासै खुसी अनुभव गरिनन् । हिमालयन टेलिभिजनमा समाचारवाचनका लागि आवेदन दिएकी पाण्डेले सयभन्दा बढी पत्रकारिता पढेकाहरूबाट छानिइन् । उनले पत्रकारितासम्बन्धी कुनै प्रशिक्षण लिएकी थिइनन् । उनको मुख्य प्लस प्वाइन्ट भन्नु नै प्रस्ट नेपाली बोल्न र लेख्न सक्नु थियो ।

अहिले पनि उनलाई सम्झना छ, पहिलोपल्ट समाचार भन्दा मुटुको धड्कन ठूलो स्वरले धड्किएको । त्यतिबेला उनी नर्भस, डर र खुसीको मिश्रित अनुभव गरिरहेकी थिइन् । 

पढाइ निकै राम्रो भएकाले उनको परिवार साइन्स पढेर उनी डाक्टर बनून् भन्ने चाहन्थ्यो । एमबीबीएसका लागि काठमाडौं आएपछि उनी आफ्नो सपना साकार बनाउनतर्फ लागिन् ।

माइक्रो बायोलोजीमा ब्याचलर सकेकी श्रीको परिवार अहिले भने खुसी नै छ । उनी अब मास कम्युनिकेसनमा मास्टर गर्ने योजनामा छिन् । माइक्रो बायोलोजी र लमा पनि क्रमश : मास्टर गर्ने योजना बनाइसकेकी छिन् । कसैलाई चित्त दुखाउन नचाहने श्रीले माइक्रो बायोलोजीमा मास्टर सकेर डाक्टर बन्नेहरूलाई पढाउने मनसाय बनाएकी छिन् । 

पुस्तक पढ्न, खाना बनाउन र मुडअनुसार संगीत सुन्न रुचाउने पाण्डे छिट्टै नेपालका टप लिडरहरूसँगको टक सो संचालनमा ल्याउने तयारीमा छिन् । अरु कामभन्दा समाचारवाचन निकै सिरियस जब हो भन्ने पाण्डेका अनुसार यो पनि एउटा अभिनय हो तर रियल देखिनुपर्छ । समाचारअनुसार एक्सप्रेसन र स्वर पनि त्यस्तै हुनुपर्छ–उनले बताइन् । हामीले लेखेको कुरा पढ्ने मात्र होइन, सम्पादन र रिपोर्टिङ समेत गर्न सक्नुपर्छ । श्रीका अनुसार कुनै पनि काममा दक्ष हुन पढाइ मात्र भएर हुँदैन त्यसप्रति रुचि र धैर्य पनि हुनुपर्छ अनि मात्र सफल हुन सकिन्छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : रमिला नेमकुल, कासा, पाटनढोका

मेकअप तथा हेयर स्टाइल : मेकअप बाई रज्जु, दरबारमार्ग

लोकेसन : लेबल थ्री रेस्टुरेन्ट, लबिम मल

 Image