Successfully Copied

बुढेसकालमा किन अनुहार मुजा पर्छ ?  

मानिसको उमेर बढ्दै जाादा शरीरका विभिन्न अंग प्रणालीमा विभिन्न परिवर्तन देखिनुका साथसाथै शरीरको छालामा विशेष प्रकारले परिवर्तन देखिन्छ । विशेष गरी अनुहारमा धर्साहरू थपिँदै जान्छन् ।  साधारण अर्थमा चाउरी पर्नु वा मुजा पर्नुलाई बुढेसकालको संकेत मानिन्छ । 

     

मानिस किन बूढो हुन्छ भन्ने रहस्य अझै खुल्न सकेको छैन । यसलाई परिभाषित गर्नुपर्दा यो एउटा निरन्तर प्रक्रिया हो जुन मानिस गर्भमा रहेदेखि नै प्रारम्भ हुन्छ र उमेर वृद्धिसँगै शरीरको विभिन्न कार्य प्रणालीमा ह्रास आउन थाल्छ । उमेर बढ्दै जाँदा मानिसमा परिपक्वता, दक्षता, मौलिक स्वतन्त्रता एवं भिन्न प्रकारको व्यक्तित्व विकास हुनुका साथै शारीरिक दुर्बलता पनि थपिँदै जान्छ ।

मानिस किन बूढो हुन्छ भन्ने विषयमा थुप्रै खोज–अनुसन्धान गरिए पनि यसको सम्पूर्ण रहस्य अझै उजागर हुन सकेको छैन । 

मानिसको उमेर बढ्दै जाादा शरीरका विभिन्न अंग प्रणालीमा विभिन्न परिवर्तन देखिनुका साथसाथै शरीरको छालामा विशेष प्रकारले परिवर्तन देखिन्छ । विशेष गरी अनुहारमा धर्साहरू थपिँदै जान्छन् ।  साधारण अर्थमा चाउरी पर्नु वा मुजा पर्नुलाई बुढेसकालको संकेत मानिन्छ । 

चाउरी के हो ?

उमेर बढ्दै जाँदा शरीरको छालामा विशेष प्रकारको परिवर्तन आई छाला खुम्चिएर धर्सा बन्ने प्रक्रियालाई चाउरी भनिन्छ । विशेष गरी उमेर बढ्दै जाँदा शरीरमा चाउरी (मुजा) बढ्दै जाने भए पनि अरु विभिन्न कारणले गर्दा कसैकसैको कलिलै उमेरमा पनि चाउरी देखा पर्नसक्छ ।

चाउरी किन पर्छ ?

विभिन्न कारणले गर्दा छालाका तन्तुहरूमा ह्रास आउन थाल्छ फलस्वरूप छालाको बाक्लोपन परिवर्तन भै छाला खुम्चन्छ र धर्साहरू देखा पर्न थाल्छन् । वैज्ञानिकहरूले यस विषयमा थुप्रै अनुसन्धान गरिसकेका छन् । यसका थुप्रै सिद्धान्त पनि प्रतिपादन भएका छन् । तीमध्ये वाङ्ग एट अलले प्रतिपादन गरेको मिस रिपियर सिद्धान्तअनुसार जब हाम्रो छालाका विभिन्न तहका तन्तुहरू विभिन्न कारणले च्यातिन्छन् वा बिग्रन्छन् तब त्यो प्राकृतिक नियमअनुसार पुनः नयाँ बन्न थाल्छ । यसरी नयाँ बन्ने क्रममा ती तन्तुको आकार पहिलेको जस्तै दुरुस्त नभई लामो हुनुपर्नेमा छोटो वा छोटो हुनुपर्नेमा लामो वा अरु केही गल्ती भै बिस्तारै छालामा ह्रास आउन थाल्छ । यस्तो गल्ती थपिँदै जाँदा अनुहारमा चाउरी (मुजा) देखा पर्न थाल्छ । 

चाउरीका अन्य कारण 

उमेरको कारणले मात्र नभएर प्रदूषित वातावरण, घाम, हेरचाहको कमी एवं अनिद्राका साथै दिनचर्या, खानपान, चिन्ता, धेरै रिसाउने वा धेरै हाँस्ने, निधार धेरै खुम्च्याउने, अनुहार धेरै बिगार्ने वा सुत्ने तरिकाले पनि अनुहारका विभिन्न भागमा चाउरी (मुजा) बढाउँछ ।

चाउरीको उपचार कसरी गर्न सकिन्छ ?

चाउरीबाट जोगिने थुप्रै उपाय प्रचलित भए पनि यसलाई आउनै नदिने उपाय भने आजसम्म पत्ता लागेको छैन । चाउरी कम गर्न वा हटाउन डर्मलफिलर, बोटुलिनम टक्सिनजस्ता विभिन्न कस्मेटिक प्रयोग गर्न सकिन्छ । त्यस्तै लेजर रिर्सफेसिङबाट पनि छालाको चाउरी कम गर्न सकिन्छ । तथापि यी सबै विधि खर्चिला हुन्छन् ।

चाउरी कम गर्ने घरेलु उपाय

– आवश्यक मात्रामा आराम गर्ने ।

– प्रशस्त पानी पिउने ।

– अनिदो नबस्ने ।

– चिन्ता नलिने ।

– अनुहार धेरै नखुम्च्याउने ।

– नियमित सनस्क्रिन प्रयोग गर्ने ।

– अण्डाको सेतो भागमा थोरै कागतीको रस र चिनी मिसाई अनुहारमा लेप लगाएर १० मिनेटपछि पखाल्ने ।

–    बेलाबेलामा नरिवलको लगाएर अनुहारको मसाज गर्ने ।

–    नियमित रूपमा ध्यान गर्ने ।

 –    सदैव सकारात्मक सोच राख्ने ।

 Image