Successfully Copied

नेपालमा स्कोपैस्कोप देख्ने पुस्ता

परिवर्तन लिएर आउने पुस्ता भनेकै युवा पुस्ता हो । युवाहरू पढेलेखेका मात्र होइन संसारलाई बुझेका हुन्छन् । त्यसैले जुन देशमा युवाहरू सक्रिय भएर लागिपरेका छन् त्यही देश विकासको मार्गमा अघि बढेको पाइन्छ । हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, केही बुझ्ने र केही गर्ने समयमा युवाहरूलाई विदेश

हिजो विदेश जान पाए के–के न भयो भन्नेहरू अनि मेरा छोराछोरी अमेरिका, अस्ट्रेलिया, यूरोपमा छन् भनी छाती फुलाएर गौरव गर्ने अभिभावकहरू । यद्यपि विदेशी भूमि सोचेजस्तो कहाँ हुन्छ र ? यहाँ जस्तो न पारिवारिक माहौल, सपोर्ट र आनन्द न, त्यहाँ ७–८ घन्टा काम गरेर खुसीपूर्वक जिउन नै सकिन्छ ? विदेशलाई सपनाको संसार मान्नेहरू पनि ती भूमिमा पाइला हालेपछि अनुभव गर्न बाध्य हुन्छन् कति कठिन छ, विदेशमा बाँच्न ? कम्तीमा १३–१४ घन्टा काम गर्नुपर्ने बाध्यता अनि त्यसमा पारिवारिक भेटघाट र रमाइला क्षणहरू त टाढैको कुरा । 

युवाहरू यसरी विदेशप्रति मोहित हुनुको मुख्य कारण आफ्नै मुलुकप्रतिको नकारात्मक भावना नै हो । कोही यहाँको प्रदूषणलाई गाली गर्छन् । कसैलाई राजनीतिले वाक्क बनाएको छ । देश नबनेको वा काम नपाएको जस्ता अनेक विषयमा नेपालप्रति दुखेसो पोख्ने अधिकांश युवाको चाहना हुन्छ विदेश पुगेर सेटल हुने । पढे–लेखेकाहरूको सपना हुन्छ अमेरिका, यूरोप वा अस्ट्रेलियाको सुविधा सम्पन्न जीवन जिउने । कम पढेका गाउँ–ठाउँका युवाहरू चाहन्छन् खाडी वा मलेसियामा रोजीरोटी खोज्ने । हुन पनि हामीले सानैदेखि नेपालका नकारात्मक कुराहरू मात्र सुन्दै आयौं जसले गर्दा हामीले सानैदेखि नेपालमा कुनै सम्भावना देखेनौं । यद्यपि नेपाल यस्तो देश हो, जसलाई मौसम र प्रकृतिले निकै साथ दिएको छ । यद्यपि ती सुन्दर पक्षलाई हामीले नै प्रदूषित र फोहोर बनाएका हौं ।

परिवर्तन लिएर आउने पुस्ता भनेकै युवा पुस्ता हो । युवाहरू पढेलेखेका मात्र होइन संसारलाई बुझेका हुन्छन् । त्यसैले जुन देशमा युवाहरू सक्रिय भएर लागिपरेका छन् त्यही देश विकासको मार्गमा अघि बढेको पाइन्छ । हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, केही बुझ्ने र केही गर्ने समयमा युवाहरूलाई विदेश जाने हतार हुन्छ । यद्यपि अहिलेका युवाहरूले भने सबै कुरा बुझिसकेका छन्, नेपालमा अवसर नदेख्नेहरूका माझ केही यस्ता तन्नेरी पनि छन् जो यहाँ सम्भावना मात्र खोजिरहेका छैनन् सफलताको उदाहरण बन्ने बाटोमा निरन्तर अघि बढिरहेका पनि छन् । नेपालमा सम्भावनाको क्षेत्र पहिल्याएर लगानी गर्ने र अवसरको खोजी गर्ने अभियानमा उनीहरू एकपछि अर्को खुड्किलो चढ्दैछन् । विदेशका ‘प्रशस्त’ अवसर छाडेर नेपाल फर्किएका युवाहरूलाई हेर्दा लाग्छ नेपाल पनि अब विकासको बाटोमा छ । 

नेपालका युवाहरू निकै जागरुक देखिन्छन् । यहाँ विदेशमा जस्तै आफै काम गरी खर्च जुटाउँदै पढ्नेहरू पनि थुप्रै छन् । ह्यान्डिक्राफ्टको काम गरेर होस्, युट्युब च्यानल खोलेर होस्, कफी सफ, केक सफ, ज्वेलरी डिजाइन, इभेन्ट म्यानेजमेन्ट, बार टेन्डरदेखि टुटल, पठाओका बाइक राइडरका रूपमा समेत काम गरी आफै खर्च जुटाउँदै आफ्नो खुट्टामा उभिने युवाहरूको कुनै कमी छैन हाम्रो समाजमा । मायाको चिनो सोभिनर सप खोलेर आफूजस्तै युवाहरूलाई काम दिइरहेकी मलिका श्रेष्ठको अनुभवमा अहिलेको पुस्ता निकै सिर्जनशील छ । श्रेष्ठ भन्छिन् अहिले युवाहरू केही नयाँ काम गरौं भन्ने जोस लिएर आइरहेका छन्् ।

झम्सिखेलको इभोक रेस्टुराँभित्र संचालित लोकल प्रोजेक्टमा आयुषा कार्की, आस्था विष्ट आदिले तयार पारेका सामग्रीहरू पाइन्छन् । आस्थाले नेपाल फर्किएपछि ज्वेलरी डिजाइन सुरु गरेकी हुन् । उनलाई नेपालमा काम गर्दा निकै रमाइलो मात्र लागिरहेको छैन आफ्ना ज्वेलरी डिजाइन रुचाइएको देखेर उनी दंग समेत छिन् । आयुषा भन्छिन्–नेपालमा केही छैन, काम गर्ने वातावरण छैन भन्ने कुरा सुन्दा अचम्म लाग्छ । नेपालमा काम गर्ने धेरै ठाउँ छन् तर कोही पनि नयाँ काम सुरु गर्न डराउँछन् । काम युनिक र उत्कृष्ट हुनुपर्छ, नाम र दाम मज्जाले कमाउन सकिन्छ । भारतमा किंग्स फिसर सुपर मोडलका रूपमा परिचित आस्था पोखरेल पनि बलिउडका धेरै अफर छाडेर नेपालमै व्यस्त छिन् । नेपाली मोडलिङ तथा कोरियोग्राफीमा समेत हात हालेकी आस्था स्कोपका लागि नेपाललाई राम्रो गन्तव्य मान्छिन् । ‘नेपालमा राम्रो कामको मूल्यांकन हुन थालेजस्तो लाग्छ’ आस्था भन्छिन्–मलाई आफ्नो देशमा काम गर्दा सन्तुष्टि मात्र मिल्ने होइन, मजस्तो पुस्ता नै बिदेसिए पुरानो पुस्ताले मात्र के गर्ने ? हामी सबै सकारात्मक हुनुपर्छ, हामी जुर्मुराए देश बन्छ । क्यानाडामा उच्च शिक्षा हासिल गरी मेकअप आर्ट सिकेर नेपाल आएकी इच्छा कार्की कुनै पनि कोणबाट आफ्नो निर्णयमा दुःखी छैनन् । उनका अनुसार उता मेकअप आर्टिस्टकै रूपमा काम गरिरहेको भए पैसा त कमाइन्थ्यो तर यहाँ जस्तो नाम चाहिँ पक्कै हुँदैनथ्यो । इच्छाले नेपाल आएलगत्तै सुपर मोडलमा भाग लिएर उपाधि जितिन्, त्यसपछि ब्युटी बार मेकअप स्टुडियो खोलिन् भने मोडलिङ र नायिकाका रूपमा समेत परिचय बनाइन् । यसरी आफूलाई भर्सटाइल रूपमा परिचित गराउन नेपालमा मात्र सम्भव हुने कार्की बताउँछिन् । इच्छा भन्छिन्–विदेश जान नहुने होइन, त्यहाँ पढेर, स्किल सिकेर नेपालमा काम गर्नु उत्तम हुन्छ । नेपालमै पारिवारिक व्यवसाय सम्हालेर बस्ने युवाहरू पनि प्रशस्तै छन् जसले गर्दा पनि अब कमाउन, राम्रो स्टाटस बनाउन बिदेसिनुपर्छ भन्ने मान्यता कम हुँदैछ । यदि यही गतिमा युवापुस्ता लागिपर्ने हो भने नेपाल पनि कामका लागि उपयुक्त गन्तव्य बन्नसक्छ ।

 

 Image