Successfully Copied

ब्रोज अट्रयाक्सन टेक्निक्स

आइब्रोज मात्र एउटा त्यस्तो अंग हो जसले अनुहारको लुक्स नै बदलिदिन्छ । अहिले संसारमा यसका थुप्रै पृथक् प्रविधि भिक्रिएका छन् । समग्रमा यसलाई माइत्रोब्लेडिङका नामले चिनिए पनि त्यसभित्र पनि फरक–फरक विधि तथा स्पेप्स छन् । 

 

आइब्रोज मात्र एउटा त्यस्तो अंग हो जसले अनुहारको लुक्स नै बदलिदिन्छ । अहिले संसारमा यसका थुप्रै पृथक् प्रविधि भिक्रिएका छन् । समग्रमा यसलाई माइत्रोब्लेडिङका नामले चिनिए पनि त्यसभित्र पनि फरक–फरक विधि तथा स्पेप्स छन् । 

ओम्रे ब्रोज–यो आइब्रोज पुरानो  ट्याटुजस्तो फुल–डार्क नभएर, आइब्रोको सुरुवात अर्थात् टपमा मधुरो हुन्छ भने क्रमशः अरू भाग हुँदै अन्त्यसम्म डार्क गरिन्छ । मेसिनको प्रयोगद्वारा बनाइने यो ब्रोज अत्यन्तै नेचुरल देखिन्छ । 

बलायाज ब्रोज–कसैले पुरानो ट्याटु ब्राउज बनाएका हुन्छन् । त्यस्तोमा पनि यसलाई नेचुरल्ली कभर गरेर स्मुथ माइक्रोब्लेडिङ गरिन्छ । यसमा बीचको भाग डार्क हुन्छ भने तल र माथि अर्थात् अगाडि र पछाडिको भागमा हेयर लाइन कोर्दै स्मुथ गराउँदै जाँदा आफ्नै हेयर ब्रोजजस्तो देखिन्छ ।  

मिस्टी ब्रोज–आफ्नै आइब्रोज राम्रो भएका तर सेप मात्र आकर्षक र लामो चाहिएकाहरूले यो ब्रोज रुचाउँछन् । पातलो आइब्रो भएकाहरूलाई भने यो प्रविधिले उनीहरूकै आइब्रोको रौंजस्तै माइक्रोब्लेडिङ ट्याटु निकालिदिन्छ । 

फिदर स्ट्रोक सेडिङ ब्रोज–यो ब्रोजका लागि फ्रन्टमा अर्थात् आइब्रोको अगाडिको भागमा १ देखि ३ पार्ट छुट्याएर रौंजस्तै ड्र गरिन्छ जसलाई हेयर स्ट्रोक भनिन्छ । यसमा आँखी भौं नेचुरलंजस्तै देखिन्छ र लङ लास्टिङ हुन्छ । 

थ्रि–डी/सिक्स डी फिदर स्ट्रोक ब्रोज–यो एक प्रकारको आर्ट हो जसमा हामी आफ्नै केशजस्तै दुरुस्तै लुक्स दिन्छौं । यो अत्यन्तै सिर्जनशील काम हो । यसमा प्राकृतिक र कृत्रिम ब्रोज छुट्याउन सकिँदैन । यसमा हेयर ड्र गर्दा एकनासले नगरेर कुनै डार्क कुनै लाइट गरी कोरिन्छ । 

कस्मेटिक ट्याटु आर्टिस्ट तथा हेयर स्पेशलिस्ट, ब्युटी क्लब

 Image