Successfully Copied

परिवारले हामीलाई बुझ्न जरुरी छ

विद्यालयबाहेक उनले बोल्ने ठाउँ कतै थिएन । उनी सात कक्षासम्म स्कुल गइन् । अझै पढ्ने रहर हुँदाहुँदै पनि पढाइलाई निरन्तरता दिन सकिनन् । ०३३ सालमा बहिरा विद्यालयलाई सात कक्षाभन्दा माथि मान्यता नदिइएका कारण उनले पढ्न पाइनन् । 

सत्यदेवी वाग्लेको जन्म स्याङ्जामा भएको हो । जन्मिँदा नै उनको श्रवणशक्ति थिएन । गाउँमा अध्ययन गर्ने वातावरण थिएन । त्यसैले उनी बाल्यकालमै अध्ययनको अवसर खोज्दै काठमाडौं आइपुगिन् । वाग्ले केन्द्रिय बहिरा स्कुलमा भर्ना भइन् अनि बिस्तारै सांकेतिक भाषा सिक्दै गइन् । 

विद्यालयको छुट्टीमा जब उनी घर पुग्थिन्, उनलाई घरको वातावरण नै अनौठो लाग्थ्यो । आफ्नै घर बिरानोजस्तो लाग्थ्यो । सबै जना कुरा गर्दै मुखामुख गरी हाँस्थे तर उनी वाल्ल परेर हेरिरहन्थिन् । उनलाई पनि सबैसँग हाँस्न–बोल्न मन लाग्थ्यो । मनको भावना व्यक्त गर्न मन लाग्थ्यो । सांकेतिक भाषाका बारेमा कोही जानकार थिएनन् ।

विद्यालयबाहेक उनले बोल्ने ठाउँ कतै थिएन । उनी सात कक्षासम्म स्कुल गइन् । अझै पढ्ने रहर हुँदाहुँदै पनि पढाइलाई निरन्तरता दिन सकिनन् । ०३३ सालमा बहिरा विद्यालयलाई सात कक्षाभन्दा माथि मान्यता नदिइएका कारण उनले पढ्न पाइनन् । 

पढाइलाई निरन्तरता दिन नसकेपछि उनी सिलाइ–बुनाइ सिक्न थालिन् अनि त्यसैमा आत्मनिर्भर हुँदै गइन् । वाग्लेले विद्यालयका टाई र कुसन बनाउन थालिन् । सुन्नेहरूका बीचमा नसुन्नेलाई काम गर्न असजिलो हुने उनले बताइन् । तैपनि यही कामबाट उनले आफूलाई आर्थिक रूपमा बलियो बनाउँदै लगिन् । 

उनी आफूजस्तै साथीहरूको अधिकारका लागि विभिन्न संघसंस्थामा आबद्ध हुन थालिन् । आफूजस्तै साथीहरूसँगको संगतले वाग्लेलाई समेत उत्साही तुल्याउन थाल्यो । अहिले पनि श्रव्यविहीन महिलाहरूको अवस्था दयनीय रहेको उनी बताउँछिन् । वाग्ले भन्छिन्–फरक क्षमताका व्यक्तिहरूलाई परिवारले बुझ्न जरूरी छ । सञ्चारको अभावका कारण पनि आफू क्षमताअनुसार माथि उठ्न नसकेको उनको ठम्याइ छ । अहिले हरेक स्थानीय तहमा दोभाषेको व्यवस्था गरिनुपर्ने माग महासंघले गरिरहेको वाग्लेले बताइन् । 

सत्यदेवी वाग्ले, उपाध्यक्ष

राष्टिय बहिरा महासंघ

 

 Image