Successfully Copied

४० वर्षे उमेरमा स्वस्थ रहन

दिनको सुरुआत फलफूलबाट गर्नुपर्छ । स्याउ सबैभन्दा फाइदाजनक हुन्छ भने मौसमअनुसार अरू फलफूल पनि खान सकिन्छ । अमला–मुरब्बा : पेटलाई स्वस्थ राख्न अमला तथा मुरब्बा खानुपर्छ । अमलाको क्यान्डी पनि खान सकिन्छ ।

तन्दुरुस्त रहन क्याल्सियम, आइरन तथा प्रोटिनयुक्त डाइट मात्र पर्याप्त हुँदैन । त्यसबाहेक केही कुरामा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ । महिलाले घरपरिवार, श्रीमान् तथा छोराछोरीको ख्याल राख्दाराख्दै आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्छन् । युवावस्थामा सानोतिनो समस्यालाई बेवास्ता गरे पनि ४० वर्ष पुगेपछि भने केही सावधानी अपनाउनै पर्छ भने केही कुरालाई आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ ।

क्याल्सियम तथा आइरन

धेरै महिलामा आइरन तथा क्याल्सियमको कमी हुन्छ । त्यसैले यो उमेरमा एकपटक यसको जाँच गराएर क्याल्सियम तथा आइरन प्रशस्त भएका खानेकुरा खानुपर्छ । चिकित्सकको सल्लाहमा यसको ट्याबलेट पनि सेवन गर्न सकिन्छ ।

ग्रिन टी तथा कफी सेवन

एकदिनमा एक कप ग्रिन टी अथवा कफी सेवन गर्न सकिन्छ । कफीमा भएको कफिनले फ्याटलाई इनर्जीमा परिणत गरिदिन्छ ।

वेट ट्रेनिङ : ४० वर्षको उमेरभन्दा पहिले नै जिम क्लब गए पनि फरक पर्दैन । ४० वर्ष पुगेपछि मांसपेशी कमजोर हुने भएकाले वेट ट्रेनिङ गरेर त्यसलाई मजबुत बनाउन सकिन्छ ।

सेडुयल परिवर्तन : योग गर्ने तथा मर्निङ वाक जाने बानी छ भने सेडुयलमा केही परिवर्तन गर्नुपर्छ । हेल्थ स्पेशलिस्टको सल्लाहमा केही कुरा समावेश तथा केही कुरा बन्द गर्न सकिन्छ । हिँडडुल गर्ने समय पनि परिवर्तन गर्न सकिन्छ ।

सप्लिमेन्टको प्रयोग

यो उमेरमा हड्डी तथा जोर्नीमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । भिटामिन डी, सी तथा ईको सन्तुलन कायम राख्नुपर्छ । भिटामिन सी तथा ई एकैपटक खानुपर्छ । एक्सरसाइज गर्ने बानी छ भने १ घन्टा पहिले ती सप्लिमेन्ट लिनु उपयुक्त हुन्छ ।

पोस्चरमा ध्यान दिने

पुरुषको तुलनामा महिलाको काँध, घाँटी तथा कम्मरमा बढी पीडा हुन्छ । यो समस्या बस्ने, उठ्ने तथा सुत्ने तरिकाबाट पनि सिर्जना हुन्छ । कसरी बस्ने, सुत्ने तथा उठ्ने भन्ने कुरामा फिजियोथेरापिस्टसँग सल्लाह लिन सकिन्छ ।

तयार रहनु

आफूलाई बदल्न तयार रहनुपर्छ । लेखेर, पढेर  वा मनले सोचेर मात्र केही हुँदैन । स्वस्थ रहन अरूले के भन्लान् भन्नुभन्दा पनि म यसो गर्छु भनेर दृढ हुनुपर्छ ।

स्पोर्ट्स सुज

स्पोर्ट्स सुज लगाउने बानी छैन भने पनि हिँडडुलका लागि स्पोर्ट्स सुज नै उपयुक्त हुन्छ ।

गल्तीबाट नआत्तिने

सुरुमा एक्सरसाइज गर्दा नमिल्न सक्छ । केही कुरा नजाने विज्ञहरु एक्सपर्टको सहयोग लिनुपर्छ ।

खाने–सुत्ने

रातिको खाना सुत्नुभन्दा दुईघन्टा पहिले खानुपर्छ । खाना खाएपछि १ सय कदम यताउता हिँड्नु फाइदाजनक हुन्छ । खाएको केही क्षणपछि मात्र हिँड्नुपर्छ ।

स्पा तथा मसाज

हप्तामा एकपटक मसाज तथा स्पा गराउनु उपयुक्त हुन्छ । यी काम घरमै पनि गर्न सकिन्छ ।

बाथरुममा ध्यान

घरको सबैभन्दा खतरनाक स्थान बाथरुम हो । धेरैजसो महिला बाथरुममा चिप्लिन्छन् । त्यसैले बाथरुमलाई चिसो छोड्नु हुँदैन । चिसो भए पुछ्नुपर्छ ।

फलफूलबाट सुरुवात

दिनको सुरुआत फलफूलबाट गर्नुपर्छ । स्याउ सबैभन्दा फाइदाजनक हुन्छ भने मौसमअनुसार अरू फलफूल पनि खान सकिन्छ । अमला–मुरब्बा : पेटलाई स्वस्थ राख्न अमला तथा मुरब्बा खानुपर्छ । अमलाको क्यान्डी पनि खान सकिन्छ ।

दिनमा दुईपटक : आराम महसुस गर्न दिनमा दुईपटक पेट सफा गर्नुपर्छ । यसले शरीरमा हल्कापन महसुस गराउँछ ।

प्रशस्त पानी पिउनुपर्छ : प्रशस्त पानी पिउनुपर्छ । पानीलाई आफ्नो साथमा राख्नुपर्छ र समय–समयमा पिइरहनुपर्छ ।

प्रोटिन : प्रोटिनले कमजोर भएको मांसपेशीलाई मजुबत बनाउँछ । त्यसैले यसको मात्रा बढाउनुपर्छ । यसले मेटाबोलिज्म तीव्र बनाउनुका साथै फ्याट बर्न गर्न पनि सघाउ पुर्‍याउँछ ।

चेकअप : चिकित्सकको सल्लाहमा सुगर, कोलस्ट्रोल, थाइराइड तथा एचबी जाँच गराउनुपर्छ । त्यसमा केही गडबड भए सोहीअनुसार डाइट प्लान बनाउनुपर्छ ।

नरिसाउने : महिलाले घरका साथै अफिसको पनि जिम्मेवारी निर्वाह गर्नुपर्छ । शिशुलाई आफ्नो काम आफैं गर्न दिनुपर्छ । यसो गर्दा सजिलै खुसीपूर्वक स्वस्थ हुन सकिन्छ ।

 Image