Successfully Copied

महिलाका लागि के हो प्रेम ?

दैनिक आवश्यकीय वस्तुजस्तै हो प्रेम । प्रेम पुरुषका लागि जति आवश्यक छ महिलालाई पनि उत्तिकै आवश्यक हुन्छ । न यो घटबढ हुन्छ, न कसैले खोसेर लिन र लान सक्छ । प्रेम एउटा अपवादजस्तै हो ।

दैनिक आवश्यकीय वस्तुजस्तै हो प्रेम । प्रेम पुरुषका लागि जति आवश्यक छ महिलालाई पनि उत्तिकै आवश्यक हुन्छ । न यो घटबढ हुन्छ, न कसैले खोसेर लिन र लान सक्छ । प्रेम एउटा अपवादजस्तै हो ।

‘प्रेम प्रेम नै हो यसलाई परिभाषित गर्न कठिन छ ।’–डा. ड्यानियल फोरसी भन्छिन्–‘व्यक्त गरिने प्रमाणहरूले निर्देशित गर्छन् कि महिला र पुरुषबीच हुने प्रेमभाव र त्यसको व्याख्या सोचमा निर्भर रहन्छ ।’ सन् १९९० को दशकको सुरुमा ह्यारोल्ड डब्ल्यु बेकरले ‘इटरनल पावर–सेभेन डोरवेज टु सेल्फ डिस्कभरी’ पुस्तकमार्फत निःसर्त प्रेमको अहिलेसम्मकै पृथक् र नौलो परिभाषा ल्याए । उनका अनुसार सर्तरहित प्रेम भनेको त्यो हो जहाँ कुनै इच्छा, आकांक्षा र स्वार्थ हुँदैन, जुन असीमित बगिरहन्छ ।

यो महिलामा बढी पाइएको छ । आईईसी गु्रपकी संस्थापक सिईओ शैलजा अधिकारीका अनुसार महिलाका लागि विश्वास र सकारात्मक स्वतन्त्रता नै प्रेम हो । ‘प्रेममा विश्वास हुन्छ । विश्वासमा भरोसा । महिलाहरू सदा त्यस्तो प्रेम चाहन्छन् जसले विश्वासको अनुभूति गराओस् ।’ शैलजा भन्छिन्–‘म मेरा कमजोरीहरूलाई सुधार गर भन्ने, मप्रति विश्वास गर्ने, जस्तो अवस्थामा पनि म स्वीकार्य हुने र मलाई विश्वास गर्ने प्रेमको सम्मान गर्छु ।’

समाजशास्त्री निर्मला ढकालका अनुसार महिलाको भावना जटिल हुन्छ । समग्र महिलाको भन्दा पनि उनका लागि प्रेमको परिभाषा असीमित र अपरम्पार छ । उनी आफ्ना हरेक अत्मीयलाई प्रेम मान्छिन् । श्रीमान्, छोरा, आमाबुवा एवं दिदीबहिनी हरेकलाई प्रेम गरिन्छ । महिलाका लागि प्रेम एउटै कुरासँग जोडिन्छ त्यो भनेको ‘आत्मीयता’ हो भन्ने निर्मलाको बुझाइ छ । जसलाई उनले आफ्नो मान्छिन् उसैलाई प्रेम गर्छिन् । निर्मला भन्छिन्–‘महिलाहरू प्रेममा आत्मसम्मान खोज्छन्, तिमी जे छौ त्यही मेरा लागि स्वीकार्य छौ र त्यही रूपमा बाँच भनेर स्वतन्त्र छोड्नु नै प्रेम हो ।

महिलाहरू कहिल्यै बाँधिनुमा प्रेम देख्दैनन् ।’ डाक्टर प्रभा क्षेत्री महिलाहरू प्रेममा विश्वास, समझदारी र समपर्ण खोज्छन् भन्ने मान्छिन् । प्रभाको विचारमा निस्वार्थपन, केयरिङ र सेयरिङ नै महिलाका लागि प्रेम हो । जे–जस्तो काल परिस्थितिमा पनि सँगै रहनुलाई महिलाहरू प्रेम मान्छन् भने उनीहरू प्रेममा भरोसा र आस्थाका साथै दीर्घकालीन विश्वास खोज्छन् । प्रभा भन्छिन्–‘उहिलेको जस्तो प्लेटोनिक लभ पनि होइन र अहिलेको जस्तो इन्फ्याचुयसन र अट्रयाक्सन मात्र पनि होइन, प्रेमको सवालमा हामी मध्यकालीन युगमा छौं । अहिलेका नारीले प्रेममा खोज्ने भनेकै विश्वास, आत्मसम्मान एवं स्वतन्त्रता हो ।’ 

युवा साहित्यकार जमुना न्यौपानेका अनुसार माया सबैलाई चाहिने अत्यावश्यक वस्तु हो । दैनिक आवश्यकीय वस्तुजस्तै हो प्रेम । प्रेम पुरुषका लागि जति आवश्यक छ महिलालाई पनि उत्तिकै आवश्यक हुन्छ । न यो घटबढ हुन्छ, न कसैले खोसेर लिन र लान सक्छ । प्रेम एउटा अपवादजस्तै हो । कसैसँग नमिल्ने कुरा हो । अल्पविराम, प्रश्नचिन्ह पनि माया हो, अर्थहीन र अर्थसहित पनि माया हो ।

स्वार्थ पनि माया हो भने आगो पनि माया हो । भोगाइ–सम्झाइ पनि माया हो भने कसैको चित्त नदुखँई खुसी बटुल्नु नै मायाको उपलब्धि हो । दुःख र खुसी दुवै दिनु माया हो । जमुना भन्छिन्–‘महिलाका लागि सम्मान नै प्रेम हो । यो देखिने कुरा होइन, मनले महसुस गर्ने कुरा हो । महिलाहरू यसलाई लुकाएर दर्शाउँछन् भने पुरुषहरू देखाएर दर्शाउँछन् । प्रेम भित्रैदेखि आफै सिर्जना हुने चीज हो । प्रेम देखिने कुरा नभएर मनले महसुस गर्ने कुरा हो । यसलाई हेर्न, रोक्न वा छेक्न सकिँदैन । यो महिलाहरूको मुटुमा कुँदिएको हुन्छ, रगतको नसा–नसामा बगिरहेको हुन्छ ।’

 Image