Successfully Copied

राखी सावन्तको धमाका

खैरो केश अनि कालो पारर्दशी पहिरनमा जब बलिउड आइटम गर्ल राखी सावन्त उपस्थीति भइन् मैदानभरि जम्मा भएको भीडले ताली बजाएर स्वागत गर्‍यो । स्थानीय कलाकारका साथमा राखीले हिन्दी ‘रिमिक्स’ गीतबाट आफ्नो प्रस्तुति प्रारम्भ गरिन् ।

खैरो केश अनि कालो पारर्दशी पहिरनमा जब बलिउड आइटम गर्ल राखी सावन्त उपस्थीति भइन् मैदानभरि जम्मा भएको भीडले ताली बजाएर स्वागत गर्‍यो । स्थानीय कलाकारका साथमा राखीले हिन्दी ‘रिमिक्स’ गीतबाट आफ्नो प्रस्तुति प्रारम्भ गरिन् । मन्चको छेउमा राखिएको इनर्जी ड्रिंक पिउँदै नाचिरहेकी राखी सुरुवातमा पाँच मिनेट नाचिन् । 

नेपाली भाषा बोल्न नजाने पनि उद्घोषकको सहयोगमा उनले नेपाल राम्रो लागेको बताउँदै नेपाली आइटम गीतमा नृत्य गर्ने बताइन् । पहिरन फेरेर आधा घण्टापछि उनी पुन: मञ्चमा आइन् । ‘छड्के तिलहरी’का साथ फरिया चोलीमा राखीले हिन्दी गीतमै नृत्य गरिन् भने त्यसपछि ‘काले दाइ काले दाइ...’ मा नृत्य गर्दै उपस्थित सबैलाई नचाइन् ।

 विराटनगर महानगरपालिको सिमाना जोडिएको कटहरी गाउँपालिका स्थित गोपाल फन पार्कमा आयोजित ‘बुलेट इन्टरनेसनल म्युजिक फेस्टिभल–२०१९’ मा केही भारतीय कलाकारहरूका साथमा स्थानीय उद्योगी, व्यापारी, राजनितीकर्मीदेखी सर्वसाधारण सबै उपस्थित थिए । राखीले काले दाइ काले दाइ.... गीतमा नृत्य गर्दा तन्नेरीहरूको ‘वान्समोर’ पाइन् । दर्शदीर्घाबाट निरन्तर हुटिङ भैरह्यो । २० मिनेटको प्रस्तुतिबीच राखीले हिन्दी रिमिक्स तथा आइटम गीतमा दमदार प्रस्तुति दिइन् । उक्त अवसरमा राखीसँगै इन्डियन आइडल–२०१७ फेम मानषी भारद्वाज तथा मेघा कौरले समेत प्रस्तुति दिएका थिए । 

 Image