Successfully Copied

समयमा उपचार र मनोबल बढाउन सके पक्कै निको हुन्छ

आफूजस्तै क्यान्सर पीडितहरूका लागि काउन्सिलिङमा व्यस्त छिन् । त्यस क्रममा निजामती कर्मचारी अस्पताल एवं हरिसिद्धि क्यान्सर अस्पताल गएर बिरामीहरूलाई हौसला दिइरहिन्छन् ।  

आफूजस्तै क्यान्सर पीडितहरूका लागि काउन्सिलिङमा व्यस्त छिन् । त्यस क्रममा निजामती कर्मचारी अस्पताल एवं हरिसिद्धि क्यान्सर अस्पताल गएर बिरामीहरूलाई हौसला दिइरहिन्छन् ।  

शान्ति शर्मा–हाल गायन तथा साहित्य यात्रामा अग्रस

सानैदेखि गीत–संगीत तथा साहित्यमा रुचि राख्ने शान्ति शर्माले कहिल्यै लेख्छु र गाउँछु भन्ने कल्पना गरेकी थिइनन् । विवाहपछि घर, परिवार एवं व्यवसायमा व्यस्त शर्माले आफ्नो रुचिलाई अगाडि आउन दिइनन् । व्यस्त जीवन यात्राका क्रममा २०७१ फागुनतिर उनमा घाँटी दुख्ने, छाम्दा खस्रो हुने, इरिटेसन बढ्ने जस्ता लक्षणका साथ पाठेघरमा इन्फेक्सन देखापर्‍यो । उनलाई पाठेघरमा क्यान्सर भयो भन्ने आशंका थियो । एक रात उनी सोफामा बसेर टिभी हेर्दै थिइन् । 

अनायास उनको छातीमा गाँठो फेला पर्‍यो । उनले कसैलाई नभनी त्यो रात बिताइन् । साथी डा. मीना झालाई फोन गरी साँझ देखाउन गइन् । ३ महिनाअघि देखाउँदा केही थिएन, डा. कुन्डुलाई पनि केही समयअघि देखाएकी थिइन् । डा. मीना अवाक भइन् उनले आफैले साथीको अवस्था हेर्न नसकेर डा. प्रकाश सायमीकहाँ पठाइन् । सबै रिपोर्ट आएपछि क्यान्सर नै हो भन्ने भयो र ग्रान्डीमा अप्रेसन गराई डा.सुदीप श्रेष्ठसँग केमो र भारतको राजीव गान्धी हस्पिटलबाट रेडियो थेरापी लिइन् । यो अवधिमा शान्तिलाई जीवन के हो, जीवनको महत्व कति हुन्छ भन्ने ज्ञान भयो । 

शान्तिलाई क्यान्सर लाग्नु उनको भित्री इच्छा पूरा गर्ने माध्यम बन्यो । शान्ति भन्छिन्–क्यान्सर भयो, सारै दु:ख पाएँ तर त्यो दु:खभन्दा बढी मैले आफ्ना इच्छाहरूलाई प्रस्फुटन गराई सबैमाझ आउन पाउँदाको सुख त्यो दु:खभन्दा धेरै छ । परिवारका सबैले पहिले तिमी बाँच्नुपर्‍यो, तिम्रो खुसी केमा छ, त्यो पूरा गर भनेपछि उनी चराझैं फुरुरु उडिरहेकी छिन् । सानैदेखि अधुरो रहेको लेखन र संगीतको आफ्नो चाहनालाई उनी अहिले श्रोता पाठकहरूमाझ ल्याइरहेकी छिन् । 

त्यसपछि नै उनले अम्लानफूल गजल संग्रह प्रकाशित गरिन् भने बार्दलीमा जून मुक्तक संग्रह बजारमा ल्याउँदैछिन् । त्यस्तै अब कविता एवं संस्मरण लेखनको तयारीमा छिन् । उनी एकदिन पनि नलेखी बस्दिनन् । क्यान्सरले मलाई साहित्यमा ल्याउन सघाएको छ । उनले गएको तीजमा आफ्नै शब्द तथा स्वरमा तीज गीत तयार पारिन् भने आफ्नै शब्द र स्वरमा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा एउटा गजलसमेत गाएकी छिन् । 

अहिले उनी आफूजस्तै क्यान्सर पीडितहरूका लागि काउन्सिलिङमा व्यस्त छिन् । त्यस क्रममा निजामती कर्मचारी अस्पताल एवं हरिसिद्धि क्यान्सर अस्पताल गएर बिरामीहरूलाई हौसला दिइरहिन्छन् । शान्ति भन्छिन्–यो अरू रोगजस्तै एउटा रोग हो, खुलेर अघि आउनुपर्छ, सकारात्मक सोच र उच्च मनोबल भएपछि केहीले लडाउँदैन । उनी अहिले लेखेर पनि जनचेतना जगाउन सकिन्छ भन्ने अभियानमा छिन् । हारेको व्यक्तिमा पुन: जीवनप्रति मोह जगाउन सकिन्छ । शर्माले भनिन्–जीवनभन्दा अमूल्य केही छैन भन्ने कुरा मृत्युको मुखमा पुगेपछि मात्र थाहा हुन्छ । 

शर्मा भन्छिन्–‘जस्तो सोच्यो उस्तै हुन्छ भनेजस्तै रोग लाग्यो भनेर ओछ्यानमै बसेर बिचरा बनियो भने त्यो रोग हाम्रो काल भएर आउँछ । मैले बाँच्नुपर्छ, अझ धेरै काम गर्नुपर्छ भन्ने आत्म विश्वासले रोग नै कमजोर हुन्छ ।’ 

 Image