‘द फेस नेपाल भोल्युम–५’ को ग्राण्ड फिनाले सम्पन्न
हिजो साझ सोल्टी होटलमा आयोजना भएको नेपालकै पहिलो तथा ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ मा जस गरेट र तृषा चेम्जोङ यस बर्षको विजेता बन्न सफल भएका छन् ।
आग्रेजी क्यालेन्डर अनुसारको नयाँ वर्ष आगमनलाई सदुपयोग गर्दै हालै राजधानीमा फेसन शो सम्पन्न भएको छ । लाजिम्पाट स्थित इचिवनमा संचालन भएको फेसन शो कार्यक्रममा विभिन्न डिजाइन, स्टाइलका फेसनेबल पहिरनहरुलाई मोडलहरुले आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए ।
सिएनएन फेसन टचको आयोजनामा संचालन भएको सो फेसन कार्यक्रममा गायक प्रमोद निर्वाणले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । गीत संगीत, नृत्य तथा फेसनको ककटेल प्रस्तुतिले न्यु इयर सेलिब्रेसन मूडमा रहेकाहरुलाई कार्यक्रमले राम्रो खुराक पस्केको थियो ।
कार्यक्रममा इभेन्ट म्यानेजर मनिशा राउत आफैं शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् ।