Successfully Copied

मिस नेपालमा सानै भए पनि छुट्टाछुट्टै प्याजेन्ट भयो भने सफलता हासिल गर्न सहज हुन्छ

त्यहाँ कुनै किसिमको प्रतियोगिता संचालन भएन । मैले पछि मात्र थाहा पाएँ, निर्णायकहरूले हाम्रा हरेक क्रियाकलाप हेरेर नम्बर दिँदा रहेछन् । हामी ७७ जना प्रतियोगीबाट ए र बी ग्रेडिङ पाएकाहरू उत्कृष्ट १५ मा छानियौं । त्यसमा म ग्रेड ए पाएर उत्कृष्ट १५ भित्र

रोनाली अमात्य

मिस इन्टरनेसनल नेपाल – २०१८

मिस इन्टरनेसनलमा तपाईंको प्रस्तुति कस्तो रह्यो ?

मिस वल्र्ड, मिस अर्थभन्दा धेरै फरक रहेछ, मिस इन्टरनेसनल । मैले यसका लागि धेरै किसिमका तयारी गरेकी थिएँ । ट्यालेन्ट राउन्डदेखि हरेक राउन्डको तयारी थियो । यद्यपि मैले सोचेभन्दा धेरै फरक अनुभव भयो । त्यहाँ कुनै पनि प्रि राउन्ड भएन । शोकै दिन कस्टुम लगाई स्टेजमा हिँडियो र त्यो कम्पिटिसनभन्दा पनि एउटा शोजस्तो मात्र थियो । 

त्यहाँ पुग्दाको अनुभव सुनाउनुहोस् न ?

यसपटक हामीलाई अन्तर्राष्ट्रिय प्रशिक्षकले प्रशिक्षण दिने क्रममै हामी प्रतियोगीको भूमिका जम्मा ५० प्रतिशत मात्र हुन्छ भनिएको थियो । त्यहाँ विनरको लिस्ट पहिले नै तयारजस्तै थियो । हामी पुग्नुभन्दा २ दिनअघि नै फिलिपिन्स, क्यानाडा, भेनेजुएला एवं जापानका प्रतियोगीहरूलाई बोलाई फोटोसुट गराइसकेका थिए । त्यो विभिन्न देशको सांस्कृतिक आदान–प्रदान कार्यक्रमजस्तो पनि देखिन्थ्यो । त्यहाँ मैले जो गोरी त्यही राम्री भन्ने अनुभवसमेत गरेंं । 

निर्णय कसरी हुँदोरहेछ ?

त्यहाँ कुनै किसिमको प्रतियोगिता संचालन भएन । मैले पछि मात्र थाहा पाएँ, निर्णायकहरूले हाम्रा हरेक क्रियाकलाप हेरेर नम्बर दिँदा रहेछन् । हामी ७७ जना प्रतियोगीबाट ए र बी ग्रेडिङ पाएकाहरू उत्कृष्ट १५ मा छानियौं । त्यसमा म ग्रेड ए पाएर उत्कृष्ट १५ भित्र परें । 

मिस नेपालको आयोजक संस्थालाई केही सुझाव दिन चाहनुहुन्छ ?

प्रायःजसो देशमा मिस वल्र्ड, मिस अर्थ तथा मिस इन्टरनेसनलका छुट्टाछुट्टै प्याजेन्ट हुन्छन् र त्यहा“का विनर नै ती प्याजेन्टमा भाग लिन पुग्छन् तर हामीकहाँ मिस नेपालबाट छानिएका चार जनालाई यी प्याजेन्टमा पठाइने हुँदा पनि केही फरक पर्दाे रहेछ । सबै विनर हो भनिए पनि उनीहरूको नजरमा मिस नेपालबाहेक हामी रनर अप नै हौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा विनरलाई नजिताई रनर अपलाई जिताउँछन् भन्ने लाग्दैन । बरु सानै भए पनि छुट्टाछुट्टै प्याजेन्ट हुन सक्यो भने सफलता हासिल गर्न सहज हुन्छ कि ?

 Image