Successfully Copied

पाँचतारे होटलमा छाउगोठ

काठमाडौंको दरबार मार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा छाउगोठ राखिएको छ । नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा महिलाहरू महिनावारी भएका बेला बस्ने अवैज्ञानिक गोठहरू यस्ता हुन्छन् भन्ने देखाउनका लागि याक एण्ड यतिमा छाउगोठ राखिएको हो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको ‘महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ का अवसरमा होटलको दोस्रो तलामा राखिएको छाउगोठ कार्यक्रमको प्रमुख आकर्षण थियो । राम्ररी खुट्टा तानेर एक जना महिला समेत सुत्न नमिल्ने गरी बनाइएको कच्ची टहरो हेर्न थुप्रै पुगेका थिए । 

छाउ प्रथा विरुद्ध काम गर्दै आइरहेकी अछामकी अभियन्ता पशुपती कुँवर हात टेकेर नमूना गोठभित्र पसिन् र गोठ भित्रैबाट भनिन्, ‘दशक अघिसम्म महिनावारी भएका बेला हरेक महिनामा सात दिन यस्तै गोठमा बस्दाको झल्को आयो ।’

सम्मेलन नेपाल सरकार र महिनावारी स्वास्थ्य र सरसफाइ व्यवस्थापनका क्षेत्रमा काम गर्ने संस्थाहरूको सञ्जाल (एमएचएम अलाइन्स) को आयोजनामा भएको हो । सम्मेलनमा महिनावारीका बेला अपनाउनु पर्ने सरसफाई, त्यस सम्बन्धी राष्ट्रिय नीति र अन्र्तराष्ट्रिय अभ्यासका बारेमा छलफल भएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत महिनावारी प्रथा विरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधि, अभियन्ता, किशोर किशोरीहरूको उपस्थिती रहेको छ ।

 Image