Successfully Copied

हेयर हेल्पलाइन

केश चाहे छोटो होस् वा लामो हरेक प्रकारको केशमा कुनै न कुनै समस्या हुन्छ । यस्तो अवस्थामा यसका पछाडि लुकेको कारण बुझेर त्यसको समाधान गर्नु आवश्यक छ ।

केश चाहे छोटो होस् वा लामो हरेक प्रकारको केशमा कुनै न कुनै समस्या हुन्छ । यस्तो अवस्थामा यसका पछाडि लुकेको कारण बुझेर त्यसको समाधान गर्नु आवश्यक छ ।

चमक हराए

चम्किलो केश महिलाहरूको स्वस्थताको प्रतीक हो । यद्यपि कतिपय कारणले केशको चमक हराउँछ । प्रदूषण, सूर्यको अल्ट्राभाइलेट किरण, केश रंगाइ वा हिट स्टाइलिङ आदि प्रविधिको प्रयोगले केशमा क्षति पुग्छ र केशको प्राकृतिक चमक हराउँछ । केशलाई धेरै पटक धुँदा पनि नोक्सानी हुन्छ । यस्तोमा एकदिन बिराएर केश धुन सकिन्छ । केशलाई धेरै रगडेर धुनुहँुदैन । यसबाट केशमा भएको प्राकृतिक तेल सकिन्छ ।

प्रविधि : केश ब्लो ड्राइ गर्दा ड्रायरको नोजल तलतिर राख्नुपर्छ । यसो गर्नाले केश फ्ल्याट हुनुका साथै क्युटिकल बन्द हुन्छ जसले गर्दा केशमा चमक आउँछ ।

उत्पादन : यस्ता स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ, जसमा केशमा चमक ल्याउने तत्व हुन्छ । आफ्नो केशको टेक्स्चरअनुसार साइन सिरम प्रयोगमा ल्याउनुपर्छ । त्यसपछि थर्मल स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसको प्रयोगले केशमा चमक ल्याउँछ र स्टाइल पनि कायम रहन्छ ।

मोटो र बाक्लो केश

लामो र बाक्लो केश देख्दा जति सुन्दर देखिन्छ, त्यति नै कठिन हुन्छ तिनलाई मेन्टन गर्न । यो केश जब फैलन्छ, तब त्यसलाई सुल्झाउन धेरै समय लाग्छ । हतारमा सुल्झाउँदा केश टुट्नसक्छ । केशको राम्रो कटिङ गराउनुपर्छ र केशलाई कोमल बनाउने हेयर प्रोडक्ट प्रयोगमा ल्याउनुपर्छ ।

प्रविधि : केशलाई कहिल्यै जरादेखि टुप्पोसम्म सुल्झाउनु हुँदैन । यसबाट अल्झिएको केश तलसम्मै टुट्छ । ब्लो ड्राइ गर्दा केश केही राम्रो हुन्छ तर केशलाई ब्लो ड्राइ गर्नुपूर्व सुल्झाउनु जरुरी छ । केशमा स्टाइलिङ प्रोडक्ट लगाएर सुक्न दिनुपर्छ ।

उत्पादन : पोस्ट सावर कन्डिसनर प्रयोग गर्दा केश सुल्झेर कोमल हुन्छ । जेलले केशलाई सुख्खा बनाउँछ, त्यसैले पालमा पोमेड, सफ्ट वेक्स वा क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

दुईमुखे केश

दुईमुखे केश टुप्पोदेखि नै रुखो देखिन्छ । यस्तोमा केशलाई तलबाट काट्नुपर्छ । केशमा आवश्यकताभन्दा बढी हिट स्टाइलिङ गराउँदा यो समस्या हुनसक्छ । यसका साथै भिजेको केश सुल्झाउँदा पनि हानि हुनसक्छ । त्यसैले केशलाई नियमित रूपमा कन्डिसनिङ गर्नुपर्छ । कन्डिसनर पहिले केशको टुप्पोमा लगाउनुपर्छ अनि मात्र अन्य भागमा ।

प्रविधि : केश लामो छ भने हरेक दुई महिनामा ट्रिमिङ गराउनुपर्छ । छोटो केश महिनामा एकपटक ट्रिमिङ गरे पुग्छ । केश जब राम्रो हुन थाल्छ तब ब्लो ड्रायरको प्रयोग कम गर्नुपर्छ ।

उत्पादन : कन्डिसनरले केशलाई बलियो बनाउँछ । स्टाइलिङ पोमेड प्रयोग गर्नुपर्छ यसबाट केशमा चमक आउँछ ।

 

केश फ्ल्याट हुनु

 धेरै कन्डिसनर प्रयोग गर्दा केश फ्ल्याट हुन पुग्छ । यसका साथै ब्लो ड्रायरलाई केशको टुप्पोको साटो जरामा प्रयोग गर्दा वा स्टाइलिङ प्रोडक्ट प्रयोग नगर्दा पनि केश फ्याट हुनपुग्छ । स्टाइलिङ प्रोडक्टले केश भारी देखिन्छ ।

प्रविधि : सही उत्पादनको सही प्रयोग भए केश फ्ल्याट हुने समस्या आउँदैन । केशमा स्याम्पु गर्दा सीधैस्याम्पु लगाउनुको साटो हातमा राखेर पानीमा घोलेपछि प्रयोग गर्नुपर्छ । त्यसपछि पानीले राम्रोसँग पखाल्नुपर्छ । केशको टुप्पोमा कन्डिसनर प्रयोग गरी चौडा दाँत भएको काइँयोले कोरी सावरमा धुनुपर्छ । स्टाइल बनाउँदा केशको जरामा भोल्युमाइजर प्रयोग गरी त्यहाँ हिट दिनुपर्छ ।

उत्पादन : महिनामा एकपटक केशमा क्लेरिफाइङ स्याम्पु वा मुज प्रयोग गर्नुपर्छ । मुज लगाउँदा केश फैलँदैन र चिपचिप पनि हुँदैन । मुजलाई जरासम्म लगाउनुपर्छ र ब्लो ड्राइले सेट गर्नुपर्छ ।

पातलो केश

केश पातलो हुनु र झर्नुको कारण हार्माेन परिवर्तन पनि हुनसक्छ, तर यसको अर्थ यो होइन कि पातलो केशका लागि केही पनि नगर्ने । केशलाई पछाडितर्फ तानेर बाँध्दा पनि केशको जरा कमजोर हुन्छ । यसबाहेक केशमा हिट स्टाइलिङ र कलर प्रयोग गर्दा पनि केश कमजोर हुन्छ ।

प्रविधि : केशका लागि समय निकाल्नुपर्छ । केशमा रोलर्स प्रयोग गर्नुपर्छ । यसबाट केश भारी देखिन्छ । कटिङ गर्नुछ भने स्टेप कटिङ गराउनुपर्छ । केशमा नियमपूर्वक स्याम्पु प्रयोग गर्नुपर्छ जसबाट केश सफा रहन्छ र राम्रा्सँग हुर्कन्छ–बढ्छ ।

उत्पादन : थिकनिङ स्याम्पु तथा कन्डिसनर प्रयोगमा ल्याउनुपर्छ, जसले केश बाक्लो भएको महसुस गराउँछ ।

 Image