Successfully Copied

फुड प्वाइजनबाट जोगिन

कडा जलवियोजन र इकोलाइका केही प्रजातिले गराउने हेमोलाइटिक युरेमिक सिन्ड्रोमको समयमै उपचार नभए बिरामीको मृत्युसम्म हुन सक्छ । वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीमा यसको जोखिम अझ बढी हुन्छ ।

विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न विषबाट फुड पोइजनिङको समस्या सिर्जना हुन्छ । नोरो भाइरस, कम्पेलोब्याक्टर, इकोलाई, सालमोनेला, टोक्सोप्लाज्मा गोडी आदि जीवाणु फुड पोइजनिङका प्रमुख जीवाणु हुन् । नेपालमा बर्सेनि फुड पोइजनिङको समस्या देखिन्छ, तैपनि कुन जीवाणु त्यसको प्रमुख कारण हो भन्ने यकिन भएको पाइँदैन । विशेष गरी अस्वस्थकर खानपानबाटै फुड प्वाइजनिङ भएको देखिन्छ । खानामा संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।

 बान्ता हुने

 वाकवाकी लाग्ने

 पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने

 पेट दुख्ने तथा मांसपेशी बाउडिने

 ज्वरो आउने

समयमा उपचार नभए जटिलता उत्पन्न हुन सक्छ । कडा जलवियोजन र इकोलाइका केही प्रजातिले गराउने हेमोलाइटिक युरेमिक सिन्ड्रोमको समयमै उपचार नभए बिरामीको मृत्युसम्म हुन सक्छ । वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीमा यसको जोखिम अझ बढी हुन्छ ।

फुड पोइजनिङ भएको अवस्थामा बिरामीलाई जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ । स्वास्थ्य संस्था पुग्नु अघिसम्म यदि बिरामीले पिउन सक्छ वा बान्ता भएको छैन भने जीवनजल दिन सकिन्छ । स्वास्थ्य केन्द्र वा अस्पताल पुगेपछि जीवाणु पत्ता लगाएर त्यसै अनुरूप एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ ।

 Image