Successfully Copied

टिनएजर्सका लागि सपिङ टिप्स

छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

आफ्ना लागि किनमेल गर्न जति सजिलो हुन्छ अरूका लागि त्यति नै जटिल हुन्छ । त्यसमा पनि बालबालिका तथा किशोरावस्थाका छोराछोरीका लागि यो काम चुनौतीनै साबित हुन्छ । उमेर तथा सोचको अन्तरले कहिलेकाहीँ उनीहरूको रोजाइ र आफ्नो रोजाइमा भिन्नता देखा पर्छ । त्यसैले के लिने भन्ने सोच्न आमाबुबालाई गार्‍हो पर्छ ।

छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

कुनै पार्टी तथा विवाह समारोहका लागि पहिरन लिनुभन्दा पहिले फेसन म्यागजिन तथा पत्रपत्रिकाबाट लेटेस्ट डिजाइनका बारेमा जानकारी राख्न सकिन्छ । यसका साथमा उनीहरूलाई कस्तो पहिरन सुहाउँछ ख्याल गर्नुपर्छ ।

आफूमा पहिरनसम्बन्धी कला छ र त्यसमा केही पृथकता देखाउने इच्छा छ भने पुराना पहिरनलाई पनि फरक तथा सुन्दर डिजाइन दिन सकिन्छ ।

किनमेलमा जाँदा सम्भव भएसम्म आफ्ना टिनएज छोराछोरीलाई सँगै लिएर जानुपर्छ । यसले गर्दा उनीहरूले आफूलाई मन पर्ने तथा फिट हुने पहिरन रोज्न सक्छन् ।

टिनएज छोरीलाई किनमेलमा लानुभन्दा पहिले उनले सही अन्डर गार्मेन्ट लगाएकी छिन् कि छैनन् बुझ्नुपर्छ । टिनएज छोरीका लागि जिन्स, ट्राक, टप्स तथा अन्डर गार्मेन्ट सेल लागेको ठाउँबाट पनि लिन सकिन्छ । यो बजेटका हिसाबले सस्तो पर्छ ।

कहिल्यै हतारमा किनमेल गर्नु हुँदैन । किनभने टिनएजर किनमेल तथा छनोटमा चुँजी हुन्छन् र आफ्ना अभिभावकसँग पनि सोही कुराको अपेक्षा गर्छन् ।

 Image