Successfully Copied

क्याजुअल वेयरमा फेस्टिभ लुक्स

क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ । त्यो लुकमा क्रप टपलाई लङ ज्याकेटसँग लगाउँदा रिफ्रेसिङ फेस्टिभ लुक्स आउँछ । दसैंका लागि टपमा क्लोज नेक उपयुक्त डिजाइन हो जसले स्टाइलिस्ट तथा एलिगेन्टसमेत देखाउँछ ।

                            रमिला नेमकुल, कासा, पाटनढोका

नेपालमा चल्ने फेसनमा वेस्टर्न र इस्टर्न दुवैको प्रभाव उत्तिकै छ । यद्यपि अहिले इस्टर्नको तुलनामा यूरोपियन फेसनमा धेरैको रुचि पाइन्छ । यो वर्ष पेस्टल कलर तथा ग्रिन टोन बढी हाइलाइटमा छन् । पहिलेजस्तो चाडपर्व भन्दैमा साडी वा कुर्ता नै लगाउनुपर्छ भन्ने छैन । क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ । त्यो लुकमा क्रप टपलाई लङ ज्याकेटसँग लगाउँदा रिफ्रेसिङ फेस्टिभ लुक्स आउँछ । दसैंका लागि टपमा क्लोज नेक उपयुक्त डिजाइन हो जसले स्टाइलिस्ट तथा एलिगेन्टसमेत देखाउँछ । यसको स्लिभमा फ्रिलहरू प्रयोग गरी मेहनतै नगरी स्टाइलिस्ट अनि स्मार्ट लुक्स प्राप्त गर्न सकिन्छ ।

चाडपर्वमा ट्रेडिसनल लुक्स नै झल्काउने पहिरन लगाऊँ भन्ने सोच राख्नेहरूले जिन्समै लङ इम्ब्रोइडरी टप्स, क्लोज नेक आउटर, रेड स्ट्रेट पाइन्टमा डिजाइनर आउटर रेड बेल्ट प्रयोग गर्न सक्छन् ।

फ्युजन फेस्टिभ लुक्स

विग प्लाजोमा म्याचिङ टप तथा म्याचिङ लङ आउटरले फ्युजन ट्रेडिसनल लुक्स दिन्छ । ब्वाइ फ्रेयड जिन्समा इम्ब्रोइडरी गरिएको ज्याकेट, ब्यागी जिन्समा रेड कलरको कुर्ती नयाँ लुक चाहनेहरूका लागि उपयुक्त हुनसक्छ । ३० वर्ष कटेकाहरूका लागि स्ट्रेट पाइन्ट, पफिड स्लिभ, ट्युनिङ टप तथा स्कार्फले एलिगेन्ट लुक्स दिन्छ ।

प्लस ४० का लागि लङ स्कर्ट फेसनमा छ । यी पहिरनलाई एन्टी एजिङ ड्रेसका रूपमा समेत लिन सकिन्छ । यसले उमेरभन्दा कम देखाउँछ । स्कर्टमा लङ ज्याकेट वा हिप कभर आउटर पनि उपयुक्त हुन्छ । यो उमेरकाहरूले फेस्टिभ लुक्सका लागि फिटिङ र स्ट्रेट म्याक्सी लगाउन सक्छन् जसले लुक्सलाई सेक्सी र कम उमेरको देखाउँछ ।

टिनएजर : यो उमेरकाहरूलाई हाई वेस्टेड पाइन्टमा क्रपटप, मिनी स्कर्ट तथा स्कर्टहरू फेसनमा छन् । फेस्टिभका लागि पनि त्यसको कलर र डिजाइनमा परिवर्तन ल्याउन सकिन्छ भने वान पिस, फ्लोरी वान पिस, फिट एन्ड फ्लेयर ड्रेसहरूसमेत लगाउन सकिन्छ । अहिले टिनएजरहरू सेमी फर्मलमा ढल्किरहेका छन् । यस्तो पहिरनले टिनएजरलाई म्याचोड तथा सेक्सी देखाउँछ ।

यसपटक : बिग प्रिन्ट, कलरफुल भाइब्रेन्ट कलरबाहेक पेस्टल कलरको कलरफुल ड्रेस फेसनमा छ भने प्रिन्टेड पाइन्ट र क्रपटप क्लोज नेकसमेत पपुलर छ ।

एसेसरिज : पहिले जस्तो घाँटी, कान, हात, औंलामा पूरै एसेसरिज लगाउने चलन अहिले छैन । अहिले खाली घाँटी अनि कानमा हाइलाइटिङ इयरिङ मात्र लगाउने फेसन छ । क्याजुअल फेस्टिभ ड्रेसमा डायमण्ड तथा गोल्डको तुलनामा फ्युजन एसेसरिज आकर्षक देखिन्छ ।

फुट वेयर : ६० को दशकको क्लोज, प्वाइन्टेड सुजहरू २०१८ मा पुन भित्रिएका छन् । अहिले ब्लक हिल तथा एंकल लेन्थ बुट पनि फेसनमा छन् । फुट वेयरमा न्यूड कलरकै एकछत्र राज छ । जुनसुकै पहिरनमा सुहाउने न्यूड कलरले अग्लो समेत देखाउँछ भने कन्ट्रास कलरको फुटवेयरले उचाइ कम देखाउँछ ।

 

 Image