Successfully Copied

परिकल्पनालाई वेष्ट पर्फमेन्स अवार्ड

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी परिकल्पना राईले प्रतियोगितामा वेष्ट पर्फमेन्स अवार्ड जित्न सफल भएकी छिन् ।

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी परिकल्पना राईले प्रतियोगितामा वेष्ट पर्फमेन्स अवार्ड जित्न सफल भएकी छिन् ।

४० वर्ष भन्दा मुनि र ४० वर्ष भन्दा माथिको विवाहित महिलाहरुको दुई उमेर समूहमा सहभागिहरुको प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा परिकल्पना समग्र सहभागिहरुमा वेष्ट पर्फमेन्स विजेता छनौट भएकी हुन् । प्रतियोगिता अन्तर्गत ४० वर्ष माथिको विवाहित महिलाहरुको उमेर समूहको विधा क्लासिक मिसेस् एशिया इन्टरनेसनलमा परिकल्पनाले नेपालको तर्फबाट प्रतिस्पर्धा गरेकी हुन् ।

नयाँ बानेश्वर निवासी ४४ वर्षिया परिकल्पना राईले स्नातोत्तरको पढाई पूरा गरेकी छिन् भने उनी दश वर्ष सम्म एम्बेसी अफ डेनमार्कमा भिसा एण्ड कन्सुर अफिसरको रुपमा कार्यरत थिइन् ।

परिकल्पनाको सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको संयोजन र व्यवस्थापन नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.र्इंं.ई.ले गरेको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी ग्रुमिङ र प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।

सन् २०१२ बाट आरम्भ भएको क्लासिक एण्ड मिसेस् एशिया प्यासिफिक इन्टरनेसनल प्रतियोगिताको २०१८ को संस्करणको फाइनल प्रतिस्पर्धा गत नोभेम्बर १४ मा थाइल्याण्डको रायोङस्थित स्टार कन्फेन्सन हलमा सम्पन्न भएको थियो ।  

 Image