Successfully Copied

व्यवस्थित होस् स्टोर रूम पनि

घरको इन्टेरियर गर्दा ड्रइङ रुम, बेडरुम, किचन तथा लिभिङ एरियामा बढी केन्द्रित हुनुपर्छ । यस्तोमा स्टोर रुम घरको उपेक्षित कुना बन्न पुग्छ । जसले गर्दा घरको यो एरियाले सम्पूर्ण घरकै शोभा बिगार्छ । अत: स्टोर रुमको महत्व एवं आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन ।

घरको इन्टेरियर गर्दा ड्रइङ रुम, बेडरुम, किचन तथा लिभिङ एरियामा बढी केन्द्रित हुनुपर्छ । यस्तोमा स्टोर रुम घरको उपेक्षित कुना बन्न पुग्छ । जसले गर्दा घरको यो एरियाले सम्पूर्ण घरकै शोभा बिगार्छ । अत: स्टोर रुमको महत्व एवं आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन । यसलाई व्यवस्थित राख्न त्यति मेहनत पनि गर्नु पर्दैन । त्यसका लागि स्पेस प्रयोग गर्ने सही उपाय मात्र अपनाए पुग्छ ।

ठाउँ निश्चित गर्नुपर्छ

हरेक घरमा अचार राख्ने डिब्बा, पुराना कपडा, उपहार, कार्डस्, स्मृति चिन्ह, तकिया, ब्ल्याङ्केट आदि धेरै सामग्री हुन्छन् । ती सामग्रीलाई स्टोर रुममा व्यवस्थित गरी राख्नुपर्छ । घरमा कतिपय त्यस्ता सामान हुन्छन् जुन दैनिक प्रयोगमा आउँदैनन् तर भविष्यको आवश्यकताका लागि तिनलाई सुरक्षित राख्नुपर्छ । स्टोर रूममा धेरै प्रकारका सामान जम्मा हुन्छन् । यस्तोमा स्टोर रूममा सामान राख्ने स्थान आवश्यकताअनुरूप निर्धारण गर्नुपर्छ । स्टोर रुम भन्दैमा त्यहाँ सबै कुरा जम्मा गर्नु हुँदैन । जब सबै सामान राम्रोसँग व्यवस्थित रूपमा राखिन्छ तब कोठा बेल मेनेज्ड देखिन्छ ।

सूची तयार गर्ने

सबैभन्दा पहिले एउटा सूची बनाउनुपर्छ । त्यो सूची हेर्नेबित्तिकै कुन सामग्री कुन ठाउँमा राख्नुपर्छ सबै कुरा थाहा हुन्छ । कुन सामान दैनिक प्रयोगमा आउँछ र कुन अवसरअनुसार आफ्नो सुविधाअनुसार राख्नुपर्छ । यसले आवश्यक परेका बेला ती सामान सहज रूपमा फेला पार्न सकिन्छ । स्टोर गरिएका डिब्बामा लेवलिङ गर्नुपर्छ जसले गर्दा खोजेको बेला सजिलै प्राप्त होस् । स्टोर रुममा लाइटिङ र भेन्टिलेसन पनि सही हुनुपर्छ । प्राय: गरी बन्द कोठाबाट गन्ध आउँछ । यदि घरमा मुसा वा ओसको समस्या छ भने स्टोर रुमको विशेष ख्याल राख्नुपर्छ । झुन्ड्याउने सामानका लागि सुन्दर डिजाइनका हुक्स प्रयोग गर्न सकिन्छ ।

यदि घर सानो छ भने

घर सानो छ भने पनि दु:खी हुनुपर्दैन । फ्ल्याट सिस्टमका घरमा यो आम समस्या हो । यसलाई समाधान गर्न बजारमा यस्ता थुप्रै विकल्प उपलब्ध छन् जसको उपयोग गरी आफ्ना सम्पूर्ण सामान व्यवस्थित गर्न सकिन्छ । बक्स भएको बेडसँगै स्टोरेज चेस्ट वा प्यानल्स पनि राख्न सकिन्छ ।

अन्य कुरा

    स्टोर रुमको ढोका ठूलो हुनुपर्छ जसका कारण आवश्यक ठूला सामग्री भित्र–बाहिर गर्न सकियोस् ।

    सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ भने फ्लोर सफा रहनुपर्छ ।

    स्टोरमा बढीभन्दा बढी सेल्फ हुनुपर्छ । सेल्फमा सर–सामान व्यवस्थित रूपमा राख्न सकिन्छ । यहाँ आलमारी पनि राख्न सकिन्छ ।

    प्राय: प्रयोगमा आउने सामानलाई मुनितिर राख्नुपर्छ । बाँकीलाई माथिल्लो सेल्फमा राख्नु उपयुक्त हुन्छ ।

भुइँमा

भुइँमा मेन्टिटेन्स गरिरहनु नपर्ने सामग्री राख्नुपर्छ । अस्थायी स्टोरेज स्पेस पनि यस्तै मटेरियलको बनाउनुपर्छ । स्टोरेज गरिएका सामान नबिग्रिऊन् भन्ने हेतुले स्टोर रुम हावा लाग्ने तथा घामको उज्यालो आउने हुनु उपयुक्त हुन्छ ।

 Image