Successfully Copied

पोटली मसाज

यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्‍याउँछ

पोटली मसाज के हो ?

पोटली मसाज विभिन्न आयुर्वेदिक जडीबुटीलाई सफा मलमलको कपडामा पोको पारेर त्यसलाई वाफ वा हर्बल तेलमा तताई त्यही पोकाले तातो दिँदै मालिस गर्ने विधि हो ।

यो कुन पद्धतिको उपचार विधि हो ?

यो आयुर्वेदिक पञ्चकर्मको एक विधि हो ।

यसका फाइदा के–कस्ता छन् ?

यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । यसको अर्को फाइदा भनेको मांसपेशीको लचकता बढाई छालालाई मुलायम बनाउनुका साथै चिसोका कारण आउने समस्या कम गर्नु पनि हो ।

यो कसले गर्न हुन्छ, कसले गर्नुहुँदैन ?

धेरै ज्वरो आएकाहरू, गर्भवती महिला तथा छालामा संक्रमण भएकाहरूबाहेक अरू सबैले गर्दा हुन्छ ।

                                                                 अध्यक्ष, सुस्वास्थ अस्पताल

 Image