Successfully Copied

हाम्रो तीज

दिदीबहिनी भेटघाट र रमाइलो गर्ने हो यसमा म खासै नराम्रो मान्नुपर्ने केही देख्दिन । यद्यपि देखासिकी बढी हुनु नकारात्मक कुरा हो जसको परिणाम राम्रो हुँदैन । रश्मिलाकी १९ वर्षीया छोरी प्रकृतिको तीज मनाउने शैली भने फरक छ । उनलाई यो अवसरमा रातै पहिरन

रश्मिला श्रेष्ठ, आमा

प्रकृति श्रेष्ठ, छोरी

बाल्यकाल ब्राह्मण–क्षेत्रीको सामीप्यता र संगतमा बिताएकी रश्मिला श्रेष्ठलाई उतिबेलादेखि नै तीज असाध्यै लाग्दै आएको छ । आर्यन समुदायका नारीहरूको लोकप्रिय चाड तीजमा अहिले आएर अन्य जाति तथा समुदायका महिलाहरूसमेत रम्न थालेका छन् । रश्मिलालाई तीजमा रातै पहिरन लगाउनुपर्छ, व्रत बस्नैपर्छ, दर खानैपर्छ भन्ने छाप परेको छ ।

आफूलाई परम्परागत तीज मन पर्ने बताउने रश्मिला बाल्यकालमा मामाघरमा खाएको दर बारम्बार सम्झन्छिन् । हालसालैका तीजहरूमा पनि उनलाई भ्याइनभ्याइ हुन्छ । तीज सुरु हुनुअगावै पार्टीका रूपमा मनाइने दरमा उनी अनिवार्य रूपमा सहभागी हुन्छिन् र यस्तो दरलाई उनी खासै नराम्रो मान्दिनन् । रश्मिला भन्छिन्–‘अहिलेको व्यस्त समयमा सबैलाई सहज हुने गरी निश्चित दिनमा बोलाउँदा वा आफू पनि जाँदा सबैलाई राम्रै हुन्छ ।

दिदीबहिनी भेटघाट र रमाइलो गर्ने हो यसमा म खासै नराम्रो मान्नुपर्ने केही देख्दिन । यद्यपि देखासिकी बढी हुनु नकारात्मक कुरा हो जसको परिणाम राम्रो हुँदैन । रश्मिलाकी १९ वर्षीया छोरी प्रकृतिको तीज मनाउने शैली भने फरक छ । उनलाई यो अवसरमा रातै पहिरन लगाउनुपर्छ भन्ने लाग्दैन । टेम्पोररी ट्याटु मनपर्ने भएकाले प्रकृतिलाई यो अवसरमा मेहन्दी लगाउन मन लाग्छ ।

प्रकृति भन्छिन्–‘जसरी पनि आफूलाई खुसी राख्नु हो । यो निश्चित समयमा यही नै गर्नैपर्छ भन्ने छैन । जे गर्दा मन प्रफुल्ल हुन्छ त्यही गर्ने हो । यद्यपि यसो भन्दैमा म संस्कार मान्दिन वा संस्कृतिलाई मेट्छु भन्ने होइन । आफूलाई सहज हुने गरी पर्व मनाउनुपर्छ । पानी नपिई व्रत बस्दा असल श्रीमान् पाइन्छ, यसो गरे धर्म हुन्छ, यसो नगरे पाप...भन्ने जस्ता कुरामा मलाई विश्वास लाग्दैन ।

मलाई त आफ्नो कामअनुसारको फल पाइने हो जस्तो लाग्छ ।’ पछिल्लो पुस्ता त्यसै पनि परिवर्तन चाहन्छ र खाने, लाउने, व्यवहार एवं संस्कारमा फरकपन खोजिरहेको हुन्छ । परिवर्तनका संवाहक युवाहरू क्रान्ति होइन, समझदारीमा सहज जीवन बिताउन चाहन्छन्–प्रकृतिको धारणा छ । धर्म–संस्कार एवं संस्कृति पनि त्यसै अन्तर्गत पर्ने हुँदा यस्ता कुरामा युवाहरू यसलाई नजिकबाट बुझ्न चाहन्छन् प्रकृति भन्छिन्–‘हाम्रा संस्कार, रीतिरिवाज एवं पर्वहरू हाम्रा पुँजी हुन् जसलाई हामी पनि जोगाएर राख्न चाहन्छौं तर समयसापेक्ष परिवर्तन तथा परिमार्जन गर्दै यसको मर्म मर्न नदिई ।’

 Image