Successfully Copied

राष्ट्रिय प्रकृति संरक्षण कोषको उच्च तहमा पुग्ने प्रथम महिला

उक्त पुस्तककै कारण उनी प्राकृतिक स्रोत व्यवस्थापन अध्ययन गर्न नर्वे पुगिन् । वि.सं. २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध सरिता यसअन्तर्गतका विभिन्न विभाग तथा प्रोजेक्टको प्रमुख रहिसकेकी छिन् । उनले जहाँ–जहाँ नेतृत्व सम्हालिन् त्यहाँ–त्यहाँ पृथक् छाप छोडेकी छिन् ।

प्रकृति संरक्षणका क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरिसकेकी सरिता ज्ञवाली राष्ट्रिय प्रकृति संरक्षण कोषको उच्च तहमा पुग्ने प्रथम महिला हुन् । स्व. भोला रिजाल तथा विमला रिजालकी छोरी सरिता राजदेवी, मकवानपुरमा जन्मिएकी हुन् ।

हेटौंडाको भुटनदेवी हाइस्कुलबाट प्राथमिक शिक्षा, त्रि.वि. बाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा नर्वेबाट प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेकी ज्ञवाली नर्वेजियन प्रधामन्त्री ग्रो हल्मी ब्रुन्टल्यान्डको आवर कमन फ्युचर पुस्तक पढेपछि प्रकृति संरक्षणमा आफ्नो मोह एवं चासो थप बढेको बताउँछिन् ।

उक्त पुस्तककै कारण उनी प्राकृतिक स्रोत व्यवस्थापन अध्ययन गर्न नर्वे पुगिन् । वि.सं. २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध सरिता यसअन्तर्गतका विभिन्न विभाग तथा प्रोजेक्टको प्रमुख रहिसकेकी छिन् । उनले जहाँ–जहाँ नेतृत्व सम्हालिन् त्यहाँ–त्यहाँ पृथक् छाप छोडेकी छिन् ।

कोषअन्तर्गतको ठाकुरद्वारा बर्दिया निकुञ्जमा ८ वर्ष काम गर्दा उनले त्यसको मध्यवर्ती क्षेत्रमा विभिन्न नवीन शैलीका कार्यक्रम सफल तुल्याइन् । खासगरी उनले महिलाहरूलाई वन, वन्यजन्तु, प्राकृतिक वासस्थानको संरक्षणलगायत व्यवस्थापनका सम्बन्धमा जागरुक बनाउने एवं संरक्षणका काममा परिचालन गर्दै दिगो र प्रभावकारी परिणाम हात पारिन् । ती महिलाहरू आज उक्त क्षेत्रमा परिवर्तनका संवाहक बनेका छन् । संरक्षण कोषअन्तर्गतकै सदर चिडियाखाना जावलाखेलमा क्युरेटर हुँदै आयोजना व्यवस्थापक प्रमुखको हैसियतले १३ वर्ष काम गर्दा चिडियाखानाको मुहारै फेरियो ।

उनले नेतृत्व गरेपछि चिडियाखानाभित्र आधुनिक अवधारणाको सुरुवात भयो । भौतिक पूर्वाधार पुनर्निर्माण, वन्यजन्तुको वासस्थानमा सुधार, दर्शकको सुविधाका लागि राम्रो बाटो, पिउने पानी, प्रतीक्षालय आदिका काम सरिताकै पालामा सम्पन्न भएका हुन् । त्यति मात्र होइन त्यसअघि चिडियाखानाभित्र काम गर्ने केयरटेकरहरूलाई गोठाला र पालेका रूपमा हेरिन्थ्यो ।

सरिताले पहिलो पटक कर्मचारीको क्षमता अभिवृद्धि तालिम, एक्सपोजर, गोष्ठी, कार्यशाला आदि सञ्चालन गरी उनीहरूलाई थप दक्ष बनाउँदै भेटेनरियन केयरका रूपमा स्थापित गर्न सफल भइन् । सरिता भन्छिन्–आफ्नो दु:ख–मेहनतको परिणामबाट सन्तुष्ट छु त्यही नै मेरो उपलब्धि हो । आगामी दिनमा पनि यही क्षेत्रमा नयाँ र राष्ट्रहितका लागि काम गर्न चाहन्छु ।

यसै क्षेत्रका विज्ञ डा. शान्तराज ज्ञवालीकी श्रीमती तथा सरिताकी छोरी प्रकृति ज्ञवाली हाल अस्ट्रेलियामा अध्ययनरत छिन् । बूढानीलकण्ठमा बस्ने सरिता दैनिक १४ घन्टाभन्दा बढी काममा खट्छिन् भने हाल उनको मुख्य काम प्रकृति संरक्षणका क्षेत्रमा नीति तथा कार्यक्रम तय गर्ने, सरकारसँग यस विषयमा वकालत गर्ने एवं कर्यक्रमहरूको कार्यान्वयनमा जोड दिने हो । नेपाली महिला आत्मविश्वासी र धैर्यवान् भएका कारण उनीहरूलाई एक्सपोजर र प्लेटफर्म दिने हो आफूलाई प्रमाणित गर्न सबल छन्–सरिताको धारणा छ ।

 

 Image