Successfully Copied

वास्तुको महत्व घर निर्माणमा

बाथरुम सधै पूर्व दिशामा बनाउनुपर्छ । हिजोआज ट्वाइलेट तथा बाथरुम पूर्व–उत्तरमा बनाइएको पाइन्छ जुन वास्तुअनुकूल मानिँदैन । बाथरुम र ट्वाइलेट उचित स्थानमा भए शान्ति र ऊर्जा प्रवाहअनुकूल हुनुका साथै रोग–व्याधीको खतरा पनि हुँदैन ।

घर निर्माण गर्दा वास्तुको प्रभाव प्रत्येक स्थान एवं वातावरणमा पर्छ । यो कुराको वैज्ञानिक रूपमै प्रमाणित हुँदै जाँदा त्यसको प्रयोग संसारका विभिन्न स्थानमा भैरहेको छ । वास्तुशास्त्रका प्राकृतिक एवं वैज्ञानिक तथ्य आधुनिक विज्ञानको कसीमा पनि उत्तिकै लागू हुँदैछन् । वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, अंश विश्लेषण, सौर्य ऊर्जा, पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने विशेषता आदि पनि हुन् । नेपाली समुदायमा कुनै पनि व्यक्तिले घर निर्माण गर्नु महत्वपूर्ण उपलब्धि मानिन्छ ।

त्यसैले जीवनभरिको परिश्रमले निर्माण गरिएको घरलाई सुन्दर, मजबुतका साथमा वास्तुअनुसार पनि मिलाएर बनाउन जरुरी हुन्छ अन्यथा पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले अहिले बनाइने घरमा घरको जग खन्नेदेखि झ्याल–ढोका राख्ने, आन्तरिक सजावटसम्म वास्तुअनुसार गरिन्छ । वास्तुअनुसार बेड रुम, बाथरुम, किचेन, बैठक, अतिथि कक्ष, स्टोर रुम तथा भर्‍याङ आदि उचित ठाउँमा निर्माण गरे जीवनका हरेक क्षणलाई सकारात्मक बनाउन सकिन्छ । घरको मूलढोका र कोठाहरू प्रशस्त प्रकाश छिर्ने गरी निर्माण गर्नुपर्छ । घर नजिकै ठूला बोट–बिरुवा, क्याक्टस आदि रोप्नुहुँदैन ।

उत्तर–पूर्व र दक्षिण–पश्चिम दिशा छाडेर भर्‍याङ बनाउनुपर्छ । भर्‍याङ उत्तर वा पश्चिम घुमेर वा टेकेर जाँदा धन नाश हुन्छ । घरमा टुटेफुटेका ऐना तथा बन्द भएका वा बिग्रिएका घडी राख्नुहुँदैन । ऐना तथा मुख धुने धारो उत्तर वा पूर्वको भित्तामा राख्नु उपयुक्त हुन्छ । कुनै पनि घरको मूलढोका अर्को घरको मूलढोकाको सामुन्ने अगाडि हुनुहुँदैन । विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ । बिमको ठीक तल बस्नु एवं सुत्नुहुँदैन । घरअगाडि तुलसीको बोट रोप्नु शुभ हुन्छ । दक्षिण–पश्चिम दिशा घरका ज्येष्ठ सदस्यका लागि लाभप्रद मानिन्छ । भर्‍याङमुनि पूजा कोठा तथा ट्वाइलेट बनाउनुहुँदैन । घर वा जग्गाको बीच भागमा रहेका इनार–कुवा आदि अशुभ मानिन्छन् ।

बेड रुम

घरको मुख्य व्यक्तिको मास्टर बेड रुम घरको दक्षिण–पश्चिममा हुनुपर्छ । सुत्दा सिरानी दक्षिण दिशा र पैताला उत्तर दिशामा पारेर सुत्नुपर्छ । विद्यार्थीहरूले पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ । बेड रुममा खानेकुरा खानु हुँदैन । बेड रुममा प्राकृतिक वातावरण झल्कने तस्बिर राख्न सकिन्छ । मृत्यु भैसकेका मानिसहरूको मात्र होइन भगवान्का तस्बिरहरू पनि बेड रुममा राख्नुहँुदैन ।

बाथरुम

बाथरुम सधै पूर्व दिशामा बनाउनुपर्छ । हिजोआज ट्वाइलेट तथा बाथरुम पूर्व–उत्तरमा बनाइएको पाइन्छ जुन वास्तुअनुकूल मानिँदैन । बाथरुम र ट्वाइलेट उचित स्थानमा भए शान्ति र ऊर्जा प्रवाहअनुकूल हुनुका साथै रोग–व्याधीको खतरा पनि हुँदैन । पूर्व–उत्तरमा बाथरुमको निकास पाइप राखिनुपर्छ । बाथरुम पश्चिम दिशा अथवा उत्तर–पश्चिममा हुनुपर्छ । साबर तथा धाराहरू उत्तरी भित्तामा राख्नुपर्छ र ऐना पनि उत्तरी भित्तामा हुनुपर्छ । गिजर पूर्व–दक्षिण दिशामा राख्नुपर्छ । बाथ टब पश्चिममा राख्नुपर्छ भने मुख धुने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ ।

भान्सा

भान्सा दक्षिण–पूर्वमा बनाउनुपर्छ । पूजा कोठाभन्दा माथि–तल, शौचालयभन्दा माथि–तल तथा सुत्ने कोठाको माथि–तल भान्सा बनाउनु हुँदैन । ग्यास, स्टोभ, चुल्हो दक्षिण–पूर्व कुनामा राख्नुपर्छ भने वास बेसिन उत्तर–पूर्वमा राख्नुपर्छ । भान्साको ढोका कुनामा हुनुहुँदैन । ढोका पूर्व, पश्चिम र उत्तरमा शुभ हुन्छ । ग्यास, चुल्हो वा आगो बाल्ने ठाउँ भान्सा कोठाको ढोकाको ठीक अगाडि हुनुहुँदैन । खाना पूर्व फर्केर पकाउनु उपयुक्त हुन्छ । पूर्व दिशामा झ्याल राख्नु शुभ मानिन्छ । डाइनिङ टेबल उत्तर–पश्चिम वा पश्चिम दिशामा रहनुपर्छ । भान्सा कोठाको रंग पहेंलो, सुन्तला, रातो, चकलेटी वा रातो हुनुपर्छ । फ्रिजका लागि दक्षिण–पूर्व, दक्षिण–पश्चिम वा उत्तरमा राख्न सकिन्छ तर उत्तर–पूर्व र दक्षिण–पश्चिममा भरसक राख्नु हुँदैन । यदि भान्सा उत्तर–पूर्वमा भए मानसिक तनाव, आर्थिक क्षति, रोग वृद्धि एवं शत्रु भय आदिले सताउन सक्छ भने दक्षिण–पश्चिम दिशामा भए घरमा आन्तरिक कलह सिर्जना हुन्छ । भान्सामा ऐना पनि प्रयोग गर्नुहुँदैन ।

 Image