Successfully Copied

किन झर्छ घरपालुवाको रौं ?

घरपालुवामा रौं झर्ने समस्याको दोस्रो ठूलो कारण एलर्जी हो । खासगरी किर्ना, उपियाँ, खानेकुरा तथा औषधिबाट एलर्जी हुनसक्छ ।मानिसको साबुन तथा स्याम्पुको प्रयोग घरपालुवाको छालाको बनावट एवं प्रकृति मानिसको छालाभन्दा धेरै फरक हुने भएकाले मानिसको साबुन, स्याम्पुले घरपालुवाको छालालाई हानि पुर्‍याउँछ ।

रौं झर्नु सामान्य कुरा हो तर कति रौं झर्नु सामान्य हो ?

सामान्यत : घरपालुवाको रौं वर्षमा दुईपटक झर्छ । खासगरी गर्मीमा बढी रौं झर्छ । असामान्य रूपले धेरै मात्रामा अथवा शरीरको एकै ठाउँको रौं धेरै झर्नुलाई समस्याका रूपमा लिनुपर्छ । हार्मोन्सको गडबडी, एलर्जी, असन्तुलित आहार तथा अन्य कारणले धेरै मात्रामा रौं झर्ने समस्या सिर्जना हुन्छ ।

रौं झर्ने कारणहरू

लुतो : सामान्यत: घरपालुवामा लाग्ने प्राय: सबै किसिमका छालाको समस्यालाई हामी लुतो भन्छौं । घरपालुवामा धेरै किसिमका छालाका रोगमध्ये एउटा लुतो पनि हो, जसलाई चिकित्सकीय भाषामा मेन्ज भनिन्छ । मेन्ज माइटस भन्ने परिजीवीका कारण हुन्छ । यसमा घरपालुवाको छाला अत्यधिक मात्रामा चिलाउँछ । यसमा शरीरको पछाडिको भागको रौं बढी मात्रामा झर्छ ।

एलर्जी

घरपालुवामा रौं झर्ने समस्याको दोस्रो ठूलो कारण एलर्जी हो । खासगरी किर्ना, उपियाँ, खानेकुरा तथा औषधिबाट एलर्जी हुनसक्छ ।मानिसको साबुन तथा स्याम्पुको प्रयोग घरपालुवाको छालाको बनावट एवं प्रकृति मानिसको छालाभन्दा धेरै फरक हुने भएकाले मानिसको साबुन, स्याम्पुले घरपालुवाको छालालाई हानि पुर्‍याउँछ ।

हार्मोन्सको गडबडी घरपालुवामा हार्मोन्सको गडबडीले पनि रौं झर्ने समस्या सिर्जना गर्छ । थाइराइडको समस्यामा पनि रौं झर्छ ।

उपचार कसरी गर्ने ?

पशु चिकित्सकले रौं झर्ने समस्याको कारण पत्ता लगाई त्यसको उपचार समयमै गर्दा केही दिनमै सकारात्मक परिणाम देखापर्छ । खाने कुरामा घरपालुवालाई चाहिने भिटामिन, मिनरलको उचित व्यवस्थापन तथा किर्ना, उपियाँको समयमै निदान गरी रौं झर्न रोक्न सकिन्छ । पशु चिकित्सकले छालाको सूक्ष्म निरीक्षण वा केही रोग माइक्रोस्कोपको सहायताले पत्ता लगाई समयमै उपचार गर्छन् ।

                                               - एडभान्स्ड पेट हस्पिटल विशालनगर, काठमाडौं

 Image