Successfully Copied

बालबालिकाका सम्बन्धमा केही सवाल

दूधमा डिब्बाबन्द सप्लिमेन्ट मिसाएर पिलाए बालबालिकाको विकास राम्रोसँग हुन्छ । यो धारणा पूर्णरूपमा गलत छ । बजारमा धेरै किसिमका सप्लिमेन्ट उपलब्ध छन् जसलाई दूधमा मिसाएर पिउने सल्लाह दिइन्छ । यसको सेवनले बालबालिकालाई आंशिक रूपमा प्रोटिन तथा क्याल्सियम जस्तो तत्व प्राप्त हुन्छ तर बालबालिकाको राम्रो विकास र

बालबालिकाको विकास तथा स्वास्थ्यलाई लिएर अनेकन धारणा प्रचलित छन् । तीमध्ये धेरै अभिभावकले त्यस्ता धारणामा कत्तिको सत्यता छ भन्ने थाहा पाएका हुँदैनन् ।

बालरोग विशेषज्ञहरूका अनुसार

भ्रम : धेरै दूध पिउने बालबालिकाको वृद्धि तीव्र रूपमा हुन्छ ।

दूध क्याल्सियमको राम्रो स्रोत हो । यो बालबालिकाको शारीरिक विकासमा सहयोगी हुन्छ । दूध पिउने बालबालिकाको उचाइ तीव्र रूपमा बढ्छ भन्ने हुँदैन । नवजात शिशुलाई छ महिनासम्म आमाको दूध मात्र दिनुपर्छ । त्यसपछि गाईको दूधका अतिरिक्त दालको झोल, सुजीको खीर, मिचिएको खानेकुरा जस्तो केरा, खिचडी आदि ख्वाउन सकिन्छ । एक वर्षपछि बालबालिकालाई बिहान–बेलुकी एक–एक कप दूध दिनुपर्छ ।

भ्रम : दूधमा डिब्बाबन्द सप्लिमेन्ट मिसाएर पिलाए बालबालिकाको विकास राम्रोसँग हुन्छ ।

यो धारणा पूर्णरूपमा गलत छ । बजारमा धेरै किसिमका सप्लिमेन्ट उपलब्ध छन् जसलाई दूधमा मिसाएर पिउने सल्लाह दिइन्छ । यसको सेवनले बालबालिकालाई आंशिक रूपमा प्रोटिन तथा क्याल्सियम जस्तो तत्व प्राप्त हुन्छ तर बालबालिकाको राम्रो विकास र यसको कुनै सम्बन्ध भने हुँदैन । कतिपय बालबालिकालाई दूधको स्वाद मन पर्दैन, त्यसका लागि यस्ता सप्लिमेन्ट फाइदाजनक हुन्छन् । त्यस्तो दूध बालबालिकालाई मन पर्नसक्छ ।

सत्य : गाजर खाए आँखाको दृष्टि क्षमता बृद्धि हुन्छ ।

गाजरमा भिटामिन ए हुने भएकाले यो आँखाका लागि फाइदाजनक हुन्छ । गाजरले बालबालिकालाई रतन्धो (राति आँखा नदेख्ने) बाट जोगाउँछ । यसो भन्दैमा बालबालिकालाई गाजर मात्र ख्वाउनुहुँदैन । रातो, पहेंलो तथा सुन्तला रंगका सबै फलफूल तथा तरकारीमा पर्याप्त मात्रामा भिटामिन ए हुन्छ । यसका अतिरिक्त हरियो पत्तेदार तरकारी फाइदाजनक हुन्छन् । त्यसैले खानपानमा यी चीजलाई प्राथमिकताका साथ सामेल गर्नुपर्छ । कुनै कारणले बालबालिकाको आँखाको दृष्टि कमजोर भए चिकित्सकलाई देखाउनुपर्छ । यस्तो अवस्थामा पौष्टिक खानेकुरा ख्वाएर मात्र समस्या समाधान हुँदैन ।

सत्य : बालबालिकाको फिटनेसका लागि स्वीमिङ फाइदाजनक हुन्छ ।

स्वीमिङ गरे बालबालिकाको शारीरिकव्यायाम हुन्छ । शारीरिक फिटनेसका लागि स्विमिङ निकै फाइदाजनक छ । त्यसैले बालबालिकालाई स्वीमिङ सिकाउनुपर्छ तर यसले बालबालिकाको उचाइ बढ्छ भन्ने हुँदैन ।

सत्य : बालबालिकाको राम्रो विकासका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

२ देखि १० वर्षसम्मका बालबालिकाले ८–९ घन्टा सुत्नु आवश्यक छ । निद्राले बालबालिकाको शरीरमा शक्तिको मात्रा मेन्टेन गर्छ । निद्रामा ग्रोथ हार्मोनको सिक्रिसन हुनुका साथै शारीरिक तथा मानसिक विकास पनि समुचित रूपमा हुन्छ । त्यसैले बालबालिकाकोनिद्रामा कुनै किसिमको खलल पर्न दिनुहुँदैन ।

भ्रम: ह्यांगिङ बारमा झुन्डिँदा तथा स्किपिङ गर्दा हाइट बढ्छ ।

यो धारणा पूर्णरूपमा भ्रामक छ । यसरी बालबालिकाको हाइट बढ्दैन । बालबालिकाको ९५ प्रतिशत शारीरिक विकास वंशानुगत कारणमा निर्भर रहन्छ । उचाइ वृद्धिमा बालबालिकाको डाइट तथा शारीरिक अभ्यासले ५ प्रतिशत मात्र योगदान गर्छ । ह्यांगिङ बारमा झुन्डिएर तथा स्किपिङ खेलेर उचाइ बढ्ने होइन ।

सत्य : भिटामिन सी सेवन गरे रुघाखोकी लाग्दैन ।

भिटामिन सीले बालबालिकाको रोगप्रतिरोधक क्षमता बढाउँछ । यसको सेवनले रोगप्रतिरोधक क्षमता पनि बलियो हुन्छ । यस्ता सप्लिमेन्ट दिन चिकित्सकको सल्लाह लिनुपर्छ । बालबालिकाको डाइटमा सुन्तला, भुइँकटहर, मौसम, अंगुरजस्ता अमिला फलफूललाई प्राथमिकताका साथ समावेश गर्नुपर्छ । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ ।

भ्रम : जिम्न्यास्टिक तथा बेली डान्सका कारण बालबालिकाको वृद्धि अवरुद्ध हुन्छ ।

यो धारणा पूर्णरूपमा गलत छ । यस्तो कुनै पनि गतिविधिले बालबालिकाको शारीरिक विकासमा कुनै रोकावट ल्याउँदैन । यसले शरीरलाई चुस्त–दुरुस्त राख्छ । अहिले धेरै स्कुलमा डान्स तथा जिम्न्यास्टिक क्लास पनि हुन्छ, त्यसमा पनि विद्यार्थीहरूडान्स गरिरहेका हुन्छन् । यसले शरीरमा कुनै साइडइफेक्ट पर्दैन । जुन बालबालिका लामो समयसम्म एडभान्स लेबलमा बेली डान्स तथा जिम्न्यास्टिकको ट्रेनिङ लिन्छन् त्यस्ता बालबालिकाको मांसपेशी तथा जोर्नीमा दबाब पर्छ । यस्तो स्थितिमा कोच, स्पेशल डाइटका साथै बालबालिकाको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ ।

भ्रम : हर्स राइडिङ (घोडचढी) बाट रिकेट्स रोग ठीक हुन्छ ।

यो निराधार धारणा हो । बालबालिकामा भिटामिन डीको कमीका कारण रिकेट्स लाग्छ । यसमा बालबालिकाका खुट्टाका हड्डी कमजोर हुन्छन् । हर्स राइडिङले त्यसमा कुनै सुधार ल्याउँदैन । यसका लागि चिकित्सकबाटै उपचार गराउनुपर्छ । स्वस्थ बालबालिकाका लागि घोडसवारी एउटा राम्रो शारीरिक अभ्यास हो । घोडामा बस्दा तथा उत्रँदा पोस्चर सही हुनुपर्छ अन्यथा पिठ्युँको पीडा हुनसक्छ ।    

 

 Image