Successfully Copied

महिला सशक्तीकरण सहज छ

त्यो जमानामा पनि मेरी सासू जागिरे मान्छे, जहिले पनि उहाँ महिला स्वरोजगार भएको देख्न चाहने, त्यसैले पनि मैले जागिर खाने पुरुषसरहको व्यवहार पाएँ घरभित्र पनि । त्यतिबेला पनि जागिरे महिला भोकाएर आउँदा समयमा खान दिने, थाकेर आउँदा आराम गर्नुपर्छ भन्ने सोच परिवारमा भएकाले

घरमा पुरुषलाई जस्तो राम्रो अवसर महिलालाई पनि दिन सकियो भने महिला सशक्तीकरण सहज छ भन्ने धारणा व्यक्त गर्ने अनुपमा खुजेली आफू नेतृत्व तहमा रहेका कारण अब संस्थागत विकासका लागि कर्मचारीलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने योजनामा छिन् ।

सन् १९७० नोभेम्बर १४ मा काठमाडौंको ठमेलस्थित नरसिंह चोकमा जन्मिएकी अनुपमाका बुवा तत्कालीन कृषि सचिव अक्रुर नरसिंह राणा तथा आमा ओपल राणा हुन् । उनका एक भाइ अभिनव नरसिंह राणा दिदीको प्रगतिमा सदा सहयोगी रहँदै आएका छन् । सेन्टमेरिजबाट स्कुलिङ, सिएसकेएम पब्लिक स्कुल दिल्लीबाट प्लस टु, शंकरदेव क्याम्पसबाट स्नातक र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीएसीसम्मको अध्ययन पूरा गरेकी अनुपमाले सन् १९९१ मा ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चाटर्ड) बाट टेलरका रूपमा बैंकिङ करियर सुरुवात गरेकी थिइन् ।

१३ वर्ष ग्रिनलेजमा काम गरिसकेपछि उनी सन् २००४ मा हेड अफ ग्लोबल मार्केटस एन्ड इन्भेस्टमेन्ट बैंकिङका रूपमा नबिल बैंक प्रवेश गरिन् । सन् २०१० मा चिफ अपरेटिङ अफिसरका रूपमा मेगा बैंक प्रवेश गरेकी खुन्जेली हाल प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छिन् । बिहान ९ बज्नुअघि कार्यालय पुग्ने अनुपमा बेलुका ७ बजेसम्म खटिरहेकी हुन्छिन् । बैंकिङ क्षेत्रमा धेरै समय दिनुपर्ने र कडा परिश्रमका साथ दृढ भएर लाग्नुपर्ने अनुभव सुनाउँदै अनुपमा भन्छिन्–यो बढी समय दिनुका साथै बढी मेहनत गर्नुपर्ने पेसा हो । यहाँ महिलाका लागि चुनौती पनि उत्तिकै छन् ।

त्यो जमानामा पनि मेरी सासू जागिरे मान्छे, जहिले पनि उहाँ महिला स्वरोजगार भएको देख्न चाहने, त्यसैले पनि मैले जागिर खाने पुरुषसरहको व्यवहार पाएँ घरभित्र पनि । त्यतिबेला पनि जागिरे महिला भोकाएर आउँदा समयमा खान दिने, थाकेर आउँदा आराम गर्नुपर्छ भन्ने सोच परिवारमा भएकाले करियरमा निरन्तरता दिन त्यति कठिन भएन । घरमा भएको त्यही महिलामैत्री वातावरणकै कारण म आज यो स्थानमा छु ।

वि.सं. २०५० सालमा कर्नेल डाक्टर रवीन्द्र खुजेलीसँग वैवाहिक जीवनमा बाँधिएकी अनुपमाकी १ छोरी स्वस्तिका अमेरिकामा अध्ययनरत छिन् । हाइकिङ एवं संगीतमा रुचि भएकी अनुपमा र्‍याकेट गेमकी प्लेयर पनि हुन् । ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, स्क्वास आदि खेलमा अब्बल खुजेली पारिवारिक सुख नै आफ्नो खुसी र उपलब्धि भएको बताउँछिन् ।

‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ अघि बढिरहेको मेगा बैंक हाँकिरहेकी अनुपमा अन्तत: आर्थिक समृद्धि नै राष्ट्र विकासको बलियो आधार हो भन्ने धारणा व्यक्त गर्दै भन्छिन्–हाम्रो काम जनताको पैसा लिएर कुन ठाउँमा लगानी गर्दा देशलाई राम्रो हुन्छ भन्नेमा केन्द्रित हुनुपर्छ । अब मुलुकलाई आर्थिक स्थिरता चाहिएको छ जसमा हामी दृढ छौं ।’ एउटा बैंकर्सको चाहना आफ्ना स्टेक–होल्डर्सको विश्वास जितेर काम गरौं भन्ने हुन्छ । त्यसका लागि उनी अग्रगामी योजना बनाउँदैछिन् ।

राष्ट्र बैंकको क्यामल्ज रेटिङमा छोटो समयमै मेगा बैंक १२ औं स्थानमा पुग्न सफल भएको छ । मुलुकभर ४७ वटा शाखा रहेको मेगा बैंकमा ६ सयकोहाराहारीमा कर्मचारी छन् । निकट भविष्यमै टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि मुलुकभर यसका शाखा १ सय १ पुग्नेछन् ।

६० प्रतिशत महिला कर्मचारीबाट सुरु भएको मेगा बैंक महिलामैत्री त छ नै त्यसका अतिरिक्त यहाँ नारी बचत तथा ऋण योजनाहरू पनि छन् । बैंकिङ क्षेत्रको उच्चपदमा पुगेकी अनुपमा महिला उद्यमशीलताले नै समृद्धि ल्याउने कुरा बताउँदै भन्छिन्–अब महिलालाई आर्थिक रूपमा सबल बनाउन सके मुलुकको समृद्धि सम्भव हुन्छ । त्यसका लागि मेगा बैंकले मार्केट व्याजदरमा महिलाका लागि लगानी बढाउने नीति कार्यान्वयनमा ल्याउँदैछ ।

 

 Image