Successfully Copied

महिला तथा बालबालिकाका लागि समर डाईट

दही, लस्सी, मोही, जुस तथा दही आदिमा फलफूल काँक्रा, केरा, खरबुजा हालेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुका साथै पानीको मात्रा पनि पुर्‍याएर शरीरलाई शक्ति प्रदान गर्छ ।

-    विभिन्न किसिमका खानेकुरा उपभोग गरी खाद्यपदार्थमा विविधता ल्याउनुपर्छ ।

-    सफा तथा स्वच्छ पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

-    दही, लस्सी, मोही, जुस तथा दही आदिमा फलफूल काँक्रा, केरा, खरबुजा हालेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुका साथै पानीको मात्रा पनि पुर्‍याएर शरीरलाई शक्ति प्रदान गर्छ ।

-    यो मौसममा नरिवलको पानी पिउनु अत्यन्त लाभदायक हुन्छ । यसको सेवनले शरीरमा शीतल राख्नुका साथै महत्वपूर्ण खनिज पदार्थ पनि आपूर्ति हुन्छ ।

-    आलुबखडा, आरु, भुइँकटहर, आँप, नासपाती, केरा खरबुजा तथा अन्य फलफूल खानुपर्छ ।

-    मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा खानुपर्छ ।

-    यो मौसममा फलफूल पनि खान सकिन्छ । फलफूलमा डाइटरी, फाइबर, भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा अन्य खनिज पदार्थ जस्तो म्याग्नेसियम, पोटासियम, फस्फोरस आदि पाइन्छ ।

-    यतिबेला दैनिक एक मुठी ड्राइफुट्स (ओखर, बदाम, काजु ) पनि खान सकिन्छ ।

-    यो मौसममा पुदिना तथा कागती पानी पिउनु पनि लाभदायक हुन्छ ।

टिप्स

-    गर्मी मौसममा पिरा तथा अमिला खानेकुरा जिब्रोको स्वाद तथा रिफ्रेसका लागि खाइन्छ । यस्ता खानेकुराले बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाई शरीरमा तापक्रमको सन्तुलन कायम गर्छन् ।

-    अमिला (कागती वा अन्य फलफूलहरू) तथा पिरा (हरियो खुर्सानी) खानेकुराले हाम्रो शरीरलाई आवश्यक अन्य पौष्टिक तत्व पनि प्रदान गर्छन् ।

-    ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोग भए पोषणविद्सँग परामर्श गरेर मात्र खानु उपयुक्त हुन्छ ।

-    शरीरको तापक्रम ठीक राख्न पानी आवश्यक हुन्छ । यो मौसममा कति पानी पिउने भन्ने कुरा स्थानमा निर्भर रहन्छ । स्वस्थ मानिसले २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । बढी तापक्रम हुने र पसिना बढी आउने ठाउँमा भने ५ लिटरसम्म पानी पिउनु उपयुक्त हुन्छ ।

-    पानीको मात्रा कम गर्नुपर्ने बिरामीहरूले भने चिकित्सक तथा पोषणविद्हरूसँग सल्लाह लिनु पर्छ ।

 Image