शीतल पेय
बढ्दो तापमानसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । गर्मी मौसममा अल्छी, सुस्ती, खानपानमा अरुचि बढ्छ । कतिपयमा बान्ता हुने, रिंगटा चल्ने, एलर्जी हुने, खाना नपच्ने आदि समस्या देखा पर्न सक्छन् ।

स्याउको रस नियमित सेवन गर्दा अपचको समस्या समाधान हुन्छ । स्याउले पाचनका लागि आवश्यक ग्याँस उत्सर्जन गर्छ ।
ग्याँसको समस्या बढी नै छ भने स्याउको रसमा पानी मिसाएर खाँदा लाभ हुन्छ । यदि अमिलो डकार आउँछ भने स्याउको रसमा एक चम्चा सोडा मिसाएर खान सकिन्छ ।