Successfully Copied

इको इन्टरनेशनल नेपालको पहिरन

सन् २०१५ मा इजिप्टबाट प्रारम्भ भएको मिस इको इन्टरनेशनलको वर्ष २०१८ को संस्करणमा नेपाली मोडल मौनता लामाले नेपालको प्रतिनिधित्व गर्दैछिन् । नेपालका लागि अघिल्लो वर्षमात्रै राष्ट्रिय निर्देशकको जिम्मेवारी पाएको ग्रिन आर्ट्स मिडियाले यो वर्षका लागि नेपाली प्रतिनिधित्वको छनोट गरेको हो ।

सन् २०१५ मा इजिप्टबाट प्रारम्भ भएको मिस इको इन्टरनेशनलको वर्ष २०१८ को  संस्करणमा नेपाली मोडल मौनता लामाले नेपालको प्रतिनिधित्व गर्दैछिन् । नेपालका लागि अघिल्लो वर्षमात्रै राष्ट्रिय निर्देशकको जिम्मेवारी पाएको ग्रिन आर्ट्स मिडियाले यो वर्षका लागि नेपाली प्रतिनिधित्वको छनोट गरेको हो । मौनतालाई मिस इको इन्टरनेशनल नेपाल–२०१८ को रुपमा छनोट गरिएको जानकारी दिन यसै साता काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरियो । शो केशको रुपमा आयोजिन उक्त कार्यक्रममा मौनताले मिस इको इन्टरनेशनलमा प्रतिस्पर्धा गर्ने क्रममा लगाउने पहिरन तथा गरगहना प्रदर्शन गरेकी हुन् । फेसन शोको रुपमा सञ्चालित उक्त कार्यक्रममा मौनताले मोडलको रुपमा ती पहिरनहरु प्रदर्शन गरेकी हुन् । त्यसक्रममा मौनताले सिम्रिक डिजाइन स्टुडियोकी प्रज्ञा चित्रकारद्वारा तयार पारिएको इको ड्ेरस प्रस्तुत गरेकी थिइन्, जसमा नेपालको जैविक विविधतादेखि राष्ट्रिय झण्डासमेतलाई चित्रण गरिएको छ । चित्रकारद्वारा नै डिजाइन गरिएको राष्ट्रिय पहिरनमार्फत मौनताले आफूलाई बसुन्धरा देविको रुपमा प्रस्तुत गर्नेछिन् ।

मौनताको कार्यक्रममा विभिन्न डिजाइनरले तयार पारेका इभिनिङ गाउन तथा कक्टेल पहिरनहरु पनि प्रदर्शन गरिन् । ती पहिरनहरु सिम्रिक डिजाइन स्टुडियो, ड्रिम्स वेयर बुटिक, इनोभेट, क्रस रोड एपारल, काया डिजाइनर स्टुडियो तथा वो:सा वेयर्सले तयार पारेका हुन् ।

 Image