रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

यसै साता काठमाडौंमा सम्पन्न मिस कलेज आइकनको यो वर्षको उपाधि प्रकृति कार्कीले उचालेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा कमर्कीले शिर्ष उपाधि सहित वेष्ट हेयर उपाधि समेत आफ्नो पक्षमा पारेकी हुन् ।
प्रतियोगितामा मोस्ट आइकोनिक आइजको अवार्ड सहित सिसम आचार्य फस्ट रनर अप बन्न सफल हुँदा एन्जिला चित्रकार र युनिशा बजगाईं क्रमश: सेकेन्ड तथा थर्ड रनर अप भए । युनिशाले ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् ।
यसैगरी प्रतियोगितामा पपुलर विधाको अवार्डमा निर्मला पुरी विजेता बन्दा सिरिन गुरुङ क्याटवाक, सुमी महर्जन पर्सनालिटी, राशनी राई कन्जिनियालिटी, अश्मि शाक्य वेष्ट फिगर तथा वृक्षा सिलवाल फोटोजेनिक विधामा विजेता चयन गरिएका थिए । उक्त प्रतियोगीता एएनपी मिडिया हाउसले आयोजना गरेको हो ।