Successfully Copied

कान्छी अर्थात् श्वेता

उनले सेकेन्ड लेफ्टिनेन्ट हुन मेहनत पनि गरेकी थिइन् तर त्यही समयमा उनको प्रवेश चलचित्रमा भयो । १९ वर्षको उमेरमा श्वेताले चलचित्र ‘कहाँ भेटिएला’ मा काम गरिन् । उक्त चलचित्रमा काम गरिसकेपछि धेरै चलचित्रबाट अफर आए तर उनले श्रीकृष्णसँग मात्र तीनवटा चलचित्रमा काम गरिन्

अभिनेतृ श्वेता खड्काले व्यवसाय र चलचित्रसँगै सामाजिक सेवामा समेत कदम बढाएकी छिन् । उनको जीवनको यहाँसम्मको यात्रा त्यति सहज थिएन । उमेर बढ्दै गएपछि आर्मीतिर जाने सोच थियो । उनले सेकेन्ड लेफ्टिनेन्ट हुन मेहनत पनि गरेकी थिइन् तर त्यही समयमा उनको प्रवेश चलचित्रमा भयो । १९ वर्षको उमेरमा श्वेताले चलचित्र ‘कहाँ भेटिएला’ मा काम गरिन् । उक्त चलचित्रमा काम गरिसकेपछि धेरै चलचित्रबाट अफर आए तर उनले श्रीकृष्णसँग मात्र तीनवटा चलचित्रमा काम गरिन् अनि श्रीकृष्णसँगै ‘कोहिनूर’ मा लगानी गरिन् ।

त्यही चलचित्रमार्फत उनले निर्माताका रूपमा सिने उद्योगमा प्रवेश गरिन् । अहिले श्वेताको लगानीमा चलचित्र ‘कान्छी’ तयार भैसकेको छ । विवाह भएको महिना दिनमै धेरै माया गरेका उनकै शब्दमा दादा अर्थात् जीवन सँगै बिताउने सपना बुनेका श्रीकृष्णको देहावसानपछि उनी लामो समय दु:खमा डुबिन् ।

केटी मान्छेको विवाहपछिको जीवन पूरै फेरिन्छ भनेझैं श्वेताको जीवन विवाहपछि पूरै फेरिएको छ ।

श्रीकृष्णविना एक्लै भए पनि उनले हिम्मत हारिनन् र केही गर्नुपर्छ भन्ने सोचका साथ श्रीमान्को चलचित्रप्रतिको आस्था र मायालाई आफूले जीवन्त बनाउनुपर्छ भनेर उनी चलचित्रमै फर्किएकी छिन् ।

श्वेताश्री फाउन्डेसन स्थापना गरेकी श्वेता माझी बस्ती निर्माण गर्न यो फाउन्डेसन स्थापना गरेको कुरा बताउँछिन् । श्वेता सफल विजनेस वुमन पनि हुन् । सानै उमेरदेखि व्यापार गर्दै आएकी श्वेताको इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी छ जसले घरको भित्री तथा बाहिरी भाग सजाउने काम गर्छ । उनलाई व्यवस्थापनमा समेत रुचि छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ, तस्बिर : महेश प्रधान, भिडियो : निशान्त श्रेष्ठ, पहिरन : मञ्जु बञ्जारा, ड्रिमवेयर बुटिक, कुपन्डोल,

मेकअप तथा हेयर स्टाइल : पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब, सानेपा, गहना : बराह ज्वेलरी, न्यूरोड, लोकेसन : आज्जु ग्यालरी, शेर्पा मल, दरबारमार्ग

 Image