Successfully Copied

जाडोमा कस्तो पहिरन लगाउने ?

कोट, ज्याकेट वा हाइनेकमाथि फरक डिजाइनका मफलर तथा पंचुले आकर्षक देखिन मद्दत गर्छन् । जिन्स पाइन्ट, चुज पाइन्ट एवं भेलभेटको लेगिन्समा लामो जुत्ता (लङ बुट), छोटा जुत्ता (सर्ट बुट), वेज हिल बुट आदि लगाउँदा थप फेसनेबल देखिन सकिन्छ ।

जाडोमा विभिन्न डिजाइनका स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ । अहिले ऊलन, भेल्भेट आदिका कलरफुल, डिजाइनर लुक्स तथा फरक फेब्रिकहरू बजारमा आइरहेका छन् । यो सिजनमा डार्क, न्यूड कलरका कोटका विभिन्न डिजाइन बजारमा भित्रिएका छन् । वेस्टर्न टच भएका पहिरनले स्मार्ट एवं फेसनेबल देखाउनुका साथै न्यानो पनि बनाउने हुँदा यस्ता कोटप्रति धेरैको आकर्षण देखिन्छ । लङ ऊलन वान पिसमा पनि विभिन्न डिजाइन दिएर बाहिर कोट लगाउँदा युनिक देखिन्छ भने कन्फिडेन्टसमेत वृद्धि हुन्छ । 

अहिले विदेशमा जस्तै नेपालमा पनि पहिरनसँग म्याच हुने जुत्ता लगाउने चलन चल्न थालेको छ जसले फरकपनका साथै आफ्नोपनको परिचय दिन्छ । दुब्ला युवतीले सकेसम्म फिटिङ पहिरन लगाउँदा सुन्दर देखिन सहयोग पुग्छ । गर्मीमा जस्तो डिजाइन जाडोमा लगाउन नसकिए पनि अरूभन्दा फरक लुक्स देखाउन भने सकिन्छ । जाडोमा विभिन्न डिजाइनका ऊनका टोपी तथा क्याप लगाउन सकिन्छ ।

कोट, ज्याकेट वा हाइनेकमाथि फरक डिजाइनका मफलर तथा पंचुले आकर्षक देखिन मद्दत गर्छन् । जिन्स पाइन्ट, चुज पाइन्ट एवं भेलभेटको लेगिन्समा लामो जुत्ता (लङ बुट), छोटा जुत्ता (सर्ट बुट), वेज हिल बुट आदि लगाउँदा थप फेसनेबल देखिन सकिन्छ ।

साडी, ब्लाउज, कुर्ता–सुरुवालका साथै अन्य पहिरनमा समेत कोट वा स्वेटरको तालमेल मिलाउन सकिन्छ । हाइनेकबाहिर विभिन्न डिजाइनका जम्पर लगाउन सकिन्छ जसले मोटो शरीर भएकाहरूलाई दुब्लो देखाउनसमेत सहयोग गर्छ ।

                                                         फेसन डिजाइनर, कासा, पाटनढोका

 Image