Successfully Copied

न्यानोपन महसुस गरौं

पछिल्लो समय बजारमा देखापरेका इलेक्ट्रिक हिटर, रुम वार्मर, पानी तताउने वाटर जार र केटल, गिजर, माइक्रोवेभ, डिसवासरलगायत बेड तताउने इलेक्ट्रिक ब्ल्यांकेटसम्म चल्तीमा छन् । संभ्रान्तहरूले मात्र होइन मध्यम वर्गमा समेत अत्यधिक माग रहेका यी सामग्री सर्वसाधारणको पहुँचमा छन् ।

योजाडोले छोपिसकेको समय हो । यतिबेला सबै जना के कुराले तातो महसुस गर्न सकिन्छ, त्यसैको खोजीमा हुन्छन् । लुगाफाटो, खानपानदेखि लिएर दैनिक प्रयोग गर्ने सामग्रीसम्म तातो प्रदान गर्ने खालका हुन् भन्ने आम चाहना यतिबेला उत्कर्षमा पुग्छ । घरभित्र अनि घरबाहिर जताततै न्याना सामग्री प्यारा हुन्छन् । अहिले बजारमा न्यानोपन दिने थुप्रै आकार–प्रकार तथा ढाँचाका सामग्री उपलब्ध छन् । चिसो मौसममा यस्ता सामग्री हाम्रा लागि वरदान नै साबित हुन्छन् जसले जाडोमा पनि जीवनलाई लाइभ बनाइदिन्छन् ।

पछिल्लो समय बजारमा देखापरेका इलेक्ट्रिक हिटर, रुम वार्मर, पानी तताउने वाटर जार र केटल, गिजर, माइक्रोवेभ, डिसवासरलगायत बेड तताउने इलेक्ट्रिक ब्ल्यांकेटसम्म चल्तीमा छन् । संभ्रान्तहरूले मात्र होइन मध्यम वर्गमा समेत अत्यधिक माग रहेका यी सामग्री सर्वसाधारणको पहुँचमा छन् । बजारमा विभिन्न डिजाइन तथा रंगमा उपलब्ध यी सामग्रीले जाडो छल्न सघाउ पुर्‍याउँछन् ।

एलजी लाइफ स्टायल सप्पी मीनभवनका सोरुम म्यानेजर भन्छन्–हामीसँग भएको एलजीको स्मार्ट इन्भर्टर एसी अहिलेको पछिल्लो माग हो । १० वर्षे वारेन्टी रहेको यो एसीमा ७० प्रतिशत इनर्जी सेभिङ, कम आवाज दिने तथा आउटडोर युनिटमा एन्टी–रस्ट गोल्ड फिन जडान गरिएको छ । यसले कोठाभित्र दिने तापक्रम तुलनात्मक रूपमा राम्रो छ ।

यसैगरी एलजीको सोरुममा जाडो लक्षित विभिन्न आकार–प्रकार तथा रंगका डिसवासर उपलब्ध छन् । व्यवसायिक प्रयोजनका लागि ड्रायरसमेत बिक्री गर्दै आएको एलजीले पछिल्लो समयमा वासिङ मेसिनका विभिन्न मोडलसमेत नेपालमा ल्याएको छ । ड्रायरले ४५ देखि ५० मिनेटभित्रै जतिसुकै ठूला ब्ल्यांकेट वा लुगाफाटा सुकाउँछ जुन जाडोका लागि निकै उपयोगी छ । १० वर्ष वारेन्टी भएको एलजीको माइक्रोवेभ ओभन पनि निकै रुचाइएको छ । एलजी वेडिङ प्याकेजअन्तर्गत कम्बो वेडिङ अफर उपलब्ध छ जसमा १ लाख ४९ हजार ७० रुपैयाँ पर्ने होम अप्लाइन्सेस टिभी, फ्रिज, माइक्रो ओभन आदि १ लाख २५ हजार ४ सय ९९ रुपैंयाँमा खरिद गर्न सकिन्छ ।

ज्योति भवनस्थित फिलिप्स सोरुमकी मार्केटिङ म्यानेजर अनिरा ज्योतिका अनुसार नेदरल्यान्डको ब्रान्ड फिलिप्सका हेयर ड्रायर तथा स्टायलरको माग गर्मीको तुलनामा जाडोमा बढी हुन्छ । १ हजार ३ सय ९५ देखि ११ हजारसम्मका हेयर ड्रायर आकर्षक एवं गुणस्तरीय छन् । कुनैमा तातो हावा मात्र आउँछ भने कुनैले तातो–चिसो दुवै किसिमको हावा फाल्छन् । बिजुली खपतको मात्रा हेरी मूल्य तोकिएका यस्ता ड्रायरमा २ वर्षे वारेन्टी उपलब्ध हुन्छ । हेयर ड्रायर तथा स्टायलर एउटैमा भएको मेसिनले चिसो केश कोर्दै सुकाउने र स्ट्रेट गर्ने दुवै काम एकैपटक गर्छ जसको मूल्य ५ हजार २ सय ९५ पर्छ भने यसैमा केश ड्रायर गर्दै स्ट्रेट र कर्ली गर्न मिल्नेको मूल्य ९ हजार ४ सय ९५ छ । अनिरा भन्छिन्– हामीसँग भएका पानी तताउने केटल जाडोका लागि वरदान साबित हुन्छन् । १ दशमलव २ देखि १ दशमलव ७ लिटरसम्मका यस्ता केटल मेटल, ह्वाइट, ब्ल्याक आदि रंगमा उपलब्ध छन् । ३ हजार ५ सय ९५ देखि ११ हजारसम्म पर्ने केटल नेपालीहरूद्वारा निकै रुचाइएको सामग्री हो ।

स्विचअन रिटेलकी सोरुम इन्चार्ज उर्मिला ढकालका अनुसार नेपाली ब्रान्ड हिमस्टार अहिले जाडोका लागि उपयुक्त रुम हिटर, केटल, वाटर थर्मस, ग्यालेन्जका एसीहरू, बजाजको गिजर, वासिङ मेसिन आदि सामग्रीमा केन्द्रित छ । ग्यास, इलेक्ट्रिक तथा ह्यालोजिन हिटरहरू अहिले निकै चल्तीमा छन् । उर्मिला भन्छिन्–हिमस्टार नेपाली ब्रान्ड भए पनि अन्य ब्रान्डको तुलनामा यसको गुणस्तरमा सम्झौता गरिएको छैन । सुलभ मूल्यमा बढी टिकाउ सामग्री हिमस्टारका विशेषता हुन् । पानी तताउन वाटर हिटरसमेत उपलब्ध हिमस्टारमा २ हजार ४ सय देखि ८ हजार १ सयसम्म पर्ने विभिन्न डिजाइन तथा सुविधायुक्त वाटर हिटरहरू छन् । हिमस्टारका १ हजार ९० रुपैंयाँ पर्ने केटल, ३ हजार १ सय ९० पर्ने १ दशमलव ८ लिटरका पानी तताउने केटलहरू विभिन्न मोडलमा उपलब्ध छन् । हिमस्टारमा बजाज ब्रान्डको ग्यास गिजरको माग पनि बढी छ ।

लोकप्रिय ब्रान्ड सामसुङका एसी, वासिङमेसिन तथा माइक्रोवेभ ओभन जाडोमा अत्यधिक बिक्री हुने सामग्री हुन् । जाडोका बेला ग्यास बाल्ने तथा ग्यास चुल्हो सफा गर्ने झन्झटबाट मुक्ति पाउन आधुनिक गृहिणीहरू ओभनमा पकाउन वा तताउन मिल्ने खानालाई बढी उपयोगी र सहज मान्न थालेका छन् । टिकाउ तथा गुणस्तरका हिसाबले राम्रा सामग्री खोज्ने ग्राहकहरू यस्तै नाम चलेका ब्रान्ड रोज्छन् ।

भारतीय ब्रान्ड बाल्ट्राका वाटर डिस्पेन्सर, इयर फ्रायर, हेलोइन–ग्यास–इलेक्ट्रिक तथा फ्यान हिटर, इलेक्ट्रिक बार्बिक्यु, कार्डलेस केटल, कफी मेकर आदि निकै चल्तीमा छन् । बलियो मानिएको बाल्ट्राद्वारा उत्पादित यी सामग्री नेपाली बजारमा समेत लोकप्रिय छन् । जाडो मौसममा इन्स्टेन्ट सर्भ महत्वपूर्ण मानिन्छ जसलाई पूरा गर्छन् कफी मेकर, रोटी मेकर, इयर फ्रायर आदि सामग्रीले । गुणस्तरको तुलनामा सुलभ मूल्यमा उपलब्ध हुने यो ब्रान्डका हरेक सामग्री छरितो र स्मार्ट जीवनशैलीका लागि सहायक सिद्ध भएका छन् ।

टेकुस्थित इलोक्ट्रोन होम अप्लाइन्सेस इलेक्ट्रोन ब्रान्डको नेपालस्थित आधिकारिक बिक्रेता हो । इलोक्ट्रोन होम अप्लाइन्सेसका म्यानेजर अमित तापडियाका अनुसार मलेसियन तथा भारतीय ब्रान्ड इलेक्ट्रोन पृथक् डिजाइन र शैलीका बजारमा आएको छ । अमित भन्छन्– अहिले इलेक्ट्रोनका रुम हिटरको माग बढी छ । हेलोजिन तथा इलेक्ट्रिक यी हिटर जाडोका लागि उपयोगी हुनुका साथै सुलभ पनि छन् । ग्यास तथा इलेक्ट्रिक गिजर, इलेक्ट्रिक थर्मपट, वाटर डिस्पेन्सर इलेक्ट्रोनका जाडो विशेष सामग्री हुन् ।

इलेक्ट्रोनमा अहिले बढी बिक्ने सामान भनेको इलेक्ट्रिक हट ब्याग तथा पानी तताउने केटल हुन् । यो साधारण रबरको हटब्यागको तुलनामा धेरै हदसम्म सुरक्षित तथा प्रयोगमा सजिलो छ । यो हटब्यागमा भेल्भेटको कपडा प्रयोग गरिएको छ भने यसमा पानी भर्न‘ नपर्ने भएकाले छाला डाम्ने वा बिर्कोबाट पानी पोखिने समस्या पनि हँ‘दैन । टी वा कफी मेकर पनि विन्टर सिजनका लागि अत्यन्तै उपयुक्त अप्लाइन्सेस हुन् जसले क्षणभरमै चिया–कफीको तलतल मेटाउने मात्र होइन शरीरलाई तातो राख्न सहयोग पुर्‍याउँछन् ।

सिजी डिजिटल, रविभवनका सोरुम इन्चार्ज क्षितिज शर्माका अनुसार नेपाली ब्रान्ड सिजीको रुम हिटर, वासिङ मेसिन, ग्यास गिजर, ग्यास वाटर हिटर, हटपट (पानी तताउने), वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, एसी आदि सामग्री नेपाली बजारमा बढी रुचाइएका छन् । सामान्यतया सिजीको रुमहिटरको मूल्य ४ हजार ८० रुपैंयाँदेखि १० हजार ३ सय १२ रुपैंयाँ पर्छ । केटलको मूल्य १ हजार ७१ देखि १ हजार ६ सय ७३ पर्छ । वाटर डिस्पेन्सरको मूल्य भने २ हजार ४ सय ९९ देखि ६ हजार ४ सय ९७ रुपैंया छ । अन्य ब्रान्डको तुलनामा सिजी नै किन ? क्षितिज भन्छन्–हाम्रा हरेक सामानमा १ वर्षे वारेन्टी तथा होम सर्भिसको सुविधा छ । सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु नै सिजीको विशेषता हो ।

 Image