ध्यान गर्दा हुने फाइदा
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।
लसुन एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियायुक्त हुन्छ ।
यो इन्फेक्सनसँग लड्ने प्राकृतिक खाद्यवस्तु हो ।
लसुनले रक्तचाप तथा कोलस्ट्रोलको मात्रा कम गर्न मद्दत पुर्याउँछ ।
बिहान खाली पेटमा पानीसँग दुई पोटी लसुन खाँदा रक्तचाप नियन्त्रणमा आउँछ । यसले मुटुसम्बन्धी समस्याबाट समेत जोगाउँछ ।
लसुनको सेवनले जाडोमा नाक बन्द हुने समस्या कम गर्नुका साथै रुघाखोकी लाग्नबाट जोगाउँछ ।
काम गर्न मन नलाग्दा तथा थकान महसुस हुँदा खाली पेटमा लसुन खाए रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।