Successfully Copied

इखले नायिका भएकी नम्रता

जबाट काठमाडौं आएकी नम्रतालाई फेसन शोका लागि बोलाइयो तर त्यहाँ उनलाई ए हेर न, यो पनि मोडल बन्न आएकी रे ? भनेर खिल्ली उडाइयो । न फिगर, न हाइट यस्ता पनि मोडल भनेर उनलाई बचनवाणले घोचियो । त्यही दिन नम्रताले केही गरेर देखाउनुपर्छ

मानिसमा इख भयो भने कुनै पनि काममा सफल हुन सकिन्छ भन्ने भनाइ मोडल तथा नायिका नम्रता श्रेष्ठको जीवनमा ठ्याक्कै मिल्छ । वीरगञ्जबाट काठमाडौं आएकी नम्रतालाई फेसन शोका लागि बोलाइयो तर त्यहाँ उनलाई ए हेर न, यो पनि मोडल बन्न आएकी रे ? भनेर खिल्ली उडाइयो । न फिगर, न हाइट यस्ता पनि मोडल भनेर उनलाई बचनवाणले घोचियो । त्यही दिन नम्रताले केही गरेर देखाउनुपर्छ भन्ने अठोट लिइन् । अभ्यासका क्रममा ५ इन्चको हिलमा कौसीमा रातरातभर क्याटवाक गरिन् । त्यस्तै अर्काे फेसन शोमा पनि कोरियोग्राफरले तिमी एउटा मात्र सिक्वेन्समा हिँड है भनेर नम्रताको मन दुखाए ।

यति भए पनि उनी यही क्षेत्रमा जम्छु भन्ने संकल्पका साथ रातदिन आफूमा निखार ल्याउने प्रयासमा लागिन् । अन्तत: थुप्रै फेसन शोमा क्याटवाक गरिसकेपछि नम्रताले चलचित्र गाँठोबाट डेब्यु गरिन् । उक्त चलचित्रबाटै उनी नवनायिकाको विधामा विविध अवार्डको मनोनयनमा समेत पर्न सफल भइन् । नम्रता अहिले रूपचन्द्र विष्टको जीवनमा आधारित चलचित्र रुदानेमा विष्टकी श्रीमतीको चरित्र निर्वाह गर्दैछिन् । कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने उनको मान्यता छ ।

सानैदेखि दिदीहरूसँग बसेर अन्तर्राष्ट्रिय र्‍याम्प शोहरू हेर्न रुचाउने नम्रतालाई र्‍याम्पमा हिँड्न सार्‍है रमाइलो लाग्छ । र्‍याम्पको लाइट, स्टेज तथा दर्शकको तालीले इनर्जी एवं खुसी दिने उनी बताउँछिन् । स्नातकोत्तर अध्ययनको तयारी गरिरहेकी नम्रता छिट्टै थिएटरमा समेत काम गर्ने योजनामा छिन् । प्लस टु पछि टोफल सकेर विदेश जाने प्रयासमा लागेकी नम्रता अहिले भने आफूमा विदेश जाने रहर नरहेको बताउँछिन् । 

गायिका, नृत्यांगना, कलाकार वा मोडल जे भए पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने क्षेत्रमा लाग्ने उनको सपना इखकै कारण साकार भएको हो भन्दा पनि फरक पर्दैन । ह्याम्लेट नाटक हेरेपछि दिव्यदेव पन्तको फ्यान भएकी थिइन् नम्रता । नम्रता भन्छिन्–‘संयोग नै भन्नुपर्छ रुदानेमा उनकै श्रीमतीका रूपमा काम गर्ने अवसर जुर्‍यो ।’ गौरी मल्लको अभिनयबाट प्रभावित नम्रतालाई फुटबल खेल असाध्यै मन पर्छ । इङलिस क्लब चेल्सीकी फ्यान हुन् नम्रता ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : पोष, उडल्यान्ड दरबारमार्ग

मेकअप : अम्बु रुचाल

मिरर ब्युटिपार्लर, डिल्लीबजार

लोकेसन : डाइनिङ पार्क रेस्टुरेन्ट

एन्ड लञ्ज बार, मध्यबानेश्वर

 Image