Successfully Copied

बालबालिकाको सौन्दर्य प्रतियोगीता

बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को (दोस्रो सिजन) सुरु भएको छ । आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले आइतबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला गरेको हो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उदेश्यले गत बर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरि भिन्ना भिन्नै तीन समहुका बिजेता छानिने छन् । प्रतियोगितामा लागि आवेदन फर्म दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।

कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा हुादैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले जानकारी दिए ।

 Image