Successfully Copied

ब्राइडल फेसन गाइड

विशेष रूपमा विवाहका लागि हाफ, टु पिस तथा थ्री पिस साडी ट्रेन्डमा छन् । यी साडीमा गरिएका कटले रोयल लुक प्रदान गर्छन् । अहिले वेस्टर्न वेयरका साथमा एथनिक फ्युजनको ट्रेन्ड छ । बल गाउन लेहेंगा एम्बेलिस्ड वा प्लेन, रफल वा कलीका साथ लगाइन्छ

फ्युजन चलन

विवाह समारोहमा बेहुलाका लागि शेरवानी सुट, दौरा–सुरुवाल तथा बेहुलीका लागि साडी लेहेंगा, चोली मात्र विकल्प थिए तर अहिले समय परिवर्तन भएको छ । अब नयाँ शैलीका बलरुम गाउनदेखि मुगल शैलीको ज्याकेटसम्म बेहुलीको पहिरन बन्ने क्रम बढ्दो छ । फेसनविद्हरूका अनुसार ब्राइडल वेयरको शैली निरन्तर बदलिरहेको छ । मेहन्दीका लागि मिडियम लेन्थको लेहेंगा, साथीभाइ आउँदा स्कर्टका साथमा चोलीको फ्युजन एवं वैवाहिक समारोहमा दसदेखि बार्‍ह कपीको लेहेंगा चल्तीमा छन् । यी पहिरनको विशेषता यिनको कट्स हो, जुन आकर्षकका साथै ट्रेन्डी पनि देखिन्छन् ।

विशेष रूपमा विवाहका लागि हाफ, टु पिस तथा थ्री पिस साडी ट्रेन्डमा छन् । यी साडीमा गरिएका कटले रोयल लुक प्रदान गर्छन् । अहिले वेस्टर्न वेयरका साथमा एथनिक फ्युजनको ट्रेन्ड छ । बल गाउन लेहेंगा एम्बेलिस्ड वा प्लेन, रफल वा कलीका साथ लगाइन्छ । यसका साथमा सिम्पल कटको चोली प्रयोग गर्न सकिन्छ । साडी गाउन, बलिउडदेखि वैवाहिक समारोहसम्म लोकप्रिय हुँदै गएको छ । बेहुलाको पहिरनमा पनि शेरवानीको पाइजामालाई जोधपुरी स्टाइलको धोतीसँग कम्बाइन गरिँदैछ ।

ट्रजो सेलेक्सन

ट्रजो अर्थात् विवाहको अरु समारोह जस्तै संगीत, मेहन्दी, ककटेल पार्टी, बिदाइ एवं रिसेप्सनका लागि विशेष पहिरन अनि त्यहीअनुरूप एसेसरिज प्रयोग गर्ने चलन बढ्दो छ ।

संगीत समारोह : यो समारोहमा ब्राइड घाघराबाहेक स्कर्ट–सुट पनि लगाउन सकिन्छ । संगीत समारोहमा नाचगानको वातावरण हुने भएकाले सुट घाघराजस्तै लुक दिने खालको हुन्छ र स्टाइलिस समेत देखिन्छ । स्कर्ट सुटमा स्कर्ट साटनको हुन्छ । त्यसमाथि लङ लेन्थको ज्याकेट सुट गर्छ । ज्याकेट ट्रान्सपरेन्ट फेब्रिकको हुन्छ ।

मेहन्दी : यतिबेला पाइन्ट विद ज्याकेट सुट लगाउन सकिन्छ । सुटको लम्बाइ घुँडाभन्दा थोरै मुनि हुनुपर्छ । यसमा लङ ज्याकेटबाहेक चोली प्याटर्नको सुट पनि चल्तीमा छ ।

रिसेप्सन पार्टी : यसमा घाघरा ब्राइडको च्वाइसमा हुन्छ । घाघरामा धेरै हेभी वर्क रोजाइमा पर्दैन । लेयरयुक्त घाघरा अहिले फेसनमा छ । घाघरामा भन्दा चोलीमा बढी वर्क हुन्छ । जरकन र स्वरोस्की वर्क चोलीमा देख्न पाइन्छ । चोलीमा कोलर नेकलाइन, ब्याकलेस, हाफ सोल्डरको ट्रेन्ड छ । दुपट्टामा जरी र स्टोन वर्कको उपस्थिति छ । घाघराबाहेक फ्लोर लेन्थको फेन्सी ड्रेस पनि चल्तीमा छ ।

ककटेल पार्टी : यसका लागि फ्युजन शैली नै हिट छ । यसमा इन्डोवेस्टर्न लुक प्रयोग हुन्छ जहाँ कट र ड्रेपमा प्रशस्त वर्क गरिएको पाइन्छ । यसमा थाई लेन्थको कुर्तीका साथमा लेगिङ पनि लगाउन सकिन्छ । कलर्सको कुरा गर्दा हट ब्लु तथा हट पिंक फेसनमा छ । यसका साथमा भेल्भेटको फुटवेयर उपयुक्त हुन्छ ।

ध्यान दिनुपर्ने अन्य कुरा

पहिरनको चयन : विवाहका लागि पहिरन चयन गर्दा आफ्नो बडी टाइप, छालाको रंग तथा मौसममा ध्यान पुर्‍याउनुपर्छ ।

हाइट : बेहुलीको उचाइ बढी छ भने एलाइनदेखि फिस कट लेहेंगा लगाउनु उपयुक्त हुन्छ । हाइट कम छ भने स्ट्रेट कट्सको छनोट ठीक रहन्छ । गहँुगोरो वर्णका दुलहीहरूले न्युड कलर्स चयन गर्नुपर्छ । फेयर कम्प्लेक्सनका लागि डार्क र ब्राइट रंग प्रयोग गर्नु राम्रो हुन्छ ।

फेब्रिक : फेब्रिक चयन गर्दा मौसमको विशेष ख्याल राख्नुपर्छ । गर्मीका लागि साटन, सिफन, नेट र जर्जेट, रेशमको धागोको काम तथा स्वदेशी वर्क उपयुक्त हुन्छ । जाडोमा भेल्भेट तथा ब्रोकेडमा जरी, हेभी इम्ब्रोइडरी एवं गाढा रंग राम्रो देखिन्छ ।

मिरर वर्क : चाहे त्यो ब्लाउज होस् वा लेहेंगा, बोर्डर वा स्लिप्स मिरर वर्कको प्रयोग जहाँ पनि गर्न थालिएको छ ।

फ्लोरल : अनारकलीमा होस् वा ब्लाउजमा अथवा लेहेंगामै किन नहोस्

फ्लोरल प्याटर्न रोमान्सको प्रतीक देखिन्छ र यसको प्रयोग खुबै रुचाइएको पाइन्छ ।

मोनोक्रोम : मोनोक्रोम अर्थात् एउटै कलरको पहिरनको प्रयोग बढ्दो छ । दुई फरक–फरक सेड्स वा मिक्स–म्याच गर्नुको साटो एउटै रंगको पहिरन लगाउनु राम्रो हुन्छ ।

ज्वेलरी : पहिरन म्याचिङ कन्ट्रास्ट ज्वेलरी प्रचलनमा छ । खासगरी क्रिस्टल एवं पर्लका सेन्डेलियर इयरिङ बढी रुचाइएको पाइन्छ । सिल्भर र गोल्डका साथमा रंगीबिरंगी कुन्दनको प्रयोग पनि बढ्दो छ । डायमण्डको प्रयोग समेत उत्तिकै छ । सिल्भर र ह्वाइट गोल्डका साथमा पर्लसमेत चल्तीमा छ ।

ट्रजोमा हुनुपर्ने कुरा

क्लासिक रंगका साडी : रेड त्यस्तो क्लासिक कलर हो, जसको फेसन कहिल्यै आउट हुँदैन । यो कलरको एउटा साडी ट्रजो हुनुपर्छ । यो रंगमा हेभी इम्ब्रोइडरी बोर्डरका साथमा प्लेन सिफनको साडी राम्रो विकल्प हो । विवाहपछिका पार्टीहरूमा यसको प्रयोग गर्न सकिन्छ ।

सिल्क साडी : सिल्कको साडी वर्षौंसम्म चल्छ र यसले रोयल लुकसमेत प्रदान गर्छ । जसका कारण ब्राइडलका लागि यो अत्यन्त उपयुक्त हुन्छ । चिसो मौसमको पार्टीमा यसको प्रयोगले न्यानो अनुभूति प्रदान गर्छ ।

मल्टी कलर्ड ब्लाउज : एउटै ब्लाउजमा ब्ल्याक, गोल्डेन तथा सिल्भर कलर प्रयोग गर्न सकिन्छ । यसबाट एथनिक लुक पनि प्राप्त हुन्छ ।

पार्टी क्लच : ब्ल्याक, सिल्भर वा गोल्डेन कलरमा पार्टी क्लच खरिद गर्नुपर्छ । ब्ल्याक क्लच वेस्टर्न वेयरमा प्रयोग गर्न सकिन्छ । सिल्भर तथा गोल्ड कलरको क्लच ट्रेडिसनल ड्रेसका साथ प्रयोग गर्न सकिन्छ । साथमा एक–दुईवटा कलरफुल पोलटी पनि खरिद गर्नु उपयुक्त हुन्छ ।

स्टाइलिस टोट ब्याग्स : न्युट्रल सेड्स जस्तै ब्राउन, न्युड वा ब्लस पिंकजस्ता कलरमा टोट वा हेब्रो ब्याग्स खरिद गर्नुपर्छ । यिनमा स्टोरेज स्पेस बढी हुन्छ र यी कलर क्याजुयल वेयरसित म्याच हुन्छन् ।

पार्टी हिल्स : ब्ल्याक पम्प र क्लासिक गोल्डेन हिल्सको एकाएक जोडी आफ्नो वार्डरोवमा राख्नुपर्छ । यिनलाई इन्डियन तथा वेस्टर्न दुवै पहिरनका साथ प्रयोग गर्न सकिन्छ ।

 Image