सौन्दर्यकर्मी शान्ति सम्मानित
सौन्दर्यकर्मी शान्ति महर्जन ‘सौन्दर्यकर्मी सम्मान २०७८’ मार्फत सम्मानित भएकी छन् । रोज सीप विकास तालिम केन्द्रको २१ औं वार्षिकोत्सवमा उनी एक कार्यक्रमका बीच सम्मानित भएकी हुन् ।
अहिले ब्राइडल मेकअपमा गोल्डेन बेसको ट्रेन्ड छ । मेकअप आर्टिस्ट रीमा शाक्यले मोडल सृष्टि खड्कामाथि गोल्डेन बेस मेकअप नै प्रयोग गरेकी छिन् । सृष्टिको अनुहार लाम्चो भएकाले उनलाई साइडबाट काउन्टर गरिएको छ । यसरी साइड काउन्टर नगर्दा उनको अनुहार अझ लामो देखिन्छ । आइमेकअप पनि गोल्ड बेसमै गरिएको छ ।

अहिलेका दुलहीहरू रातो आइस्याडो रुचाउँदैनन् । यसपटक ब्राइडलमा साइनिङ राखेर ग्लिटर बेसको आइमेकअप चलिरहेको छ ।सृष्टिको केशमा मेसी जुडो बनाइएको छ । मेसी जुडो बनाउन जति सजिलो छ यो उत्तिकै आकर्षक पनि देखिन्छ ।

अहिले पहिले–पहिले जस्तो टिपिक्क पारेर, स्प्रे र जेल आदि लगाई भरमार युपिन प्रयोग गरिने झन्झटिलो जुडो मनपराइँदैन ।






मोडल : सृष्टि खड्का
मेकअप तथा हेयर स्टाइल : रीमा शाक्य,
दि ग्लामोरमा ब्युटी स्टेसन पुल्चोक
पहिरन : रुना मानन्धर, इनोभ एट
कुपन्डोल तथा नागपोखरी
तस्बिर : महेश प्रधान
संयोजन : सिर्जना दुवाल श्रेष्ठ