Successfully Copied

फुलेको कपाल कसरी कालो बनाउने ?

समयअगावै फुल्ने कपालले धेरैलाई चिन्तित बनाएको छ । किनभने हाम्रो अनुहारको सौन्दर्यका लागि कपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाक्लो, लामो, कालो कपाल सबैको रोजाइ हो । तर कम उमेरमै कपाल फुल्ने समस्या बढिरहेको छ । कपाल समयअगावै फुल्नुका धेरै कारण हुन सक्छन्

अहिले कपाल सेतो हुनु आम समस्या बन्दै गएको छ । उमेर बढ्दै गएपछि मात्र फुल्ने कपाल अहिले किशोरावस्थामै फुल्न थालेको छ । अहिले यो समस्याको रूपमा देखा परेको छ ।
समयअगावै फुल्ने कपालले धेरैलाई चिन्तित बनाएको छ । किनभने हाम्रो अनुहारको सौन्दर्यका लागि कपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाक्लो, लामो, कालो कपाल सबैको रोजाइ हो । तर कम उमेरमै कपाल फुल्ने समस्या बढिरहेको छ । कपाल समयअगावै फुल्नुका धेरै कारण हुन सक्छन् । जस्तो, खराब जीवनशैली, अस्वस्थ खानपान, वंशानुगत, रोग, रसायनयुक्त प्रसाधनको प्रयोग आदि । यदि समयअगावै कपाल फुलेको छ भने महँगो रसायनयुक्त प्रसाधनको प्रयोग गर्नुभन्दा प्राकृतिक र घरेलु उपाय अपनाउन सकिन्छ । घरेलु उपायबाट समेत फुलेको कपाललाई कालो बनाउन सकिन्छ ।

किन फुल्छ कपाल ?
कपाल किन फुल्छ ? यसका धेरै कारण छन् । प्रायःजसो कम उमेरमै कपाल फुल्नुको कारण मेलालिन हो । मेलालिन एक रंगद्रव्य हो । यसकै कारण कपाल कालो हुन्छ । मेलालिन एक पिगमेन्ट हो, जसको कारण कपाल, आँखा र छालाको रंग एवं चमक बनाइराख्न सहयोग गर्छ । शरीरमा मेलालिनको कमी हुँदा कपालको रंग सेतो हुन थाल्छ । जति धेरै मेलालिन हुन्छ, कपालको रंग उति नै गाढा हुन्छ । यसले सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणबाट रक्षा गर्छ । त्यसबाहेक कपाल फुल्नुको कारण तनाव, सही खानपान नहुनु, धेरै हेयर प्रोडक्टको प्रयोग गर्नु, कम गुणस्तरको हेयर प्रोडक्ट प्रयोग गर्नु, प्रदूषण आदि हो ।


के छ उपाय ?
सेतो कपाललाई कालो बनाउने सजिलो उपाय कालो रंग लगाउनु हो । धेरैले कालो रंग लगाउने गरेका छन् । तर कपालमा कलर वा डाई गर्नु दीर्घकालीन समाधान होइन । कपाल बढ्नेबित्तिकै सेतो देखिन थाल्छ । यसरी कपाल रंग्याउ“दा रासायनिक असर हुन सक्छ । त्यसैले घरेलु विधिबाटै यसको निदान खोज्न सकिन्छ । शरीरमा एसेन्सियल तेल प्रयोग गरेर मेलालिन बढाउन सकिने धेरै अध्ययनले देखाएको छ । कपाललाई फुल्नबाट रोक्न स्वस्थ खानपान जरुरी हुन्छ । मद्यपान, धूम्रपानको सेवन अनावश्यक तनाव, चिन्ता पनि मेलालिन घटाउने प्रमुख कारण हुन् ।

स्वस्थ खानपान
कम उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन एन्टिअक्सिडेन्ट पाइने खाना खानुपर्छ । भिटामिन बी १२ को कमीबाट पनि कपाल फुल्न सक्छ । त्यसैले भरसक दैनिक खानामा भिटामिन बी १२ समावेश गर्नुपर्छ । अंकुराएका गेडागुडी, डेरी प्रोडक्ट, हरियो तरकारी, मासु आदिमा भिटामिन बी १२ पाइन्छ । त्यसका अतिरिक्त भिटामिन सी, डी र ई पनि आवश्यक पर्छ । यसका लागि सुन्तला, अमला, गाजर, स्ट्रबेरी, टुना माछा, सूर्यमुखी फलको बीउ, आलस, फर्सीका बियाँ, कागती आदिको सेवन गर्नुपर्छ ।


चियापत्तीको प्रयोग
प्रयोग गरेको चियाको पात कपाल कालो बनाउन प्रयोग गर्न सकिन्छ । यसलाई प्रयोग गर्न गाह्रो छैन । त्यसका लागि दुई चम्चा चियापत्ती पानीमा उमालेर चिसो हुन दिने । चिसो भएपछि पानीलाई छानेर एउटा स्प्रे बोतलमा राख्ने र कपालमा स्प्रे गर्न सकिन्छ । कपालमा लगाएपछि कम्तीमा एक घण्टासम्म रहन दिनुपर्छ । यसपछि स्याम्पु गर्नुहुँदैन तर सादा पानीले पखाल्न सकिन्छ ।



करी पत्ताको प्रयोग
करी पत्तामा धेरै प्रकारको औषधीय गुण पाइन्छ । यसको प्रयोग धेरै प्रकारका रोगमा गरिन्छ । करी पत्ताले कपाल कालो बनाउन सकिन्छ । यसका लागि अमला र ब्रम्हीको २÷२ चम्चा पाउडरमा करी पत्ता पनि पिसेर हाल्ने । यो मिश्रणलाई पानीमा मिसाएर कपालमा लगाउने र करिब एक घण्टासम्म छोडिदिने त्यसपछि सादा पानीले पखाल्नुपर्छ ।


नरिवलको तेलको प्रयोग
नरिवलको तेल कपालका लागि सबैभन्दा राम्रो मानिन्छ । यसको प्रयोगले सेतो कपाललाई कालो बनाउन सकिन्छ । कपाल फुल्न थालेको छ भने एक कप नरिवलको तेलमा कागतीको रस मिसाउनुपर्छ । यसलाई कपालको सबैतिर पुग्ने गरी जराजरामा लगाउनुपर्छ । करिब एक घण्टाजति राखेपछि कपाललाई स्याम्पु लगाएर धुनुपर्छ । हप्तामा दुईपटक यो विधि अपनाए कपाल कालो र चम्किलो हुन्छ ।

अमलाको प्रयोग
अमला पोषक तत्वले भरिपूर्ण छ । धेरैजसो रोगमा अमलाको प्रयोगले लाभ दिन्छ । अमलामा भिटामिन सी, क्याल्सियम, एन्टिअक्सिडेन्ट, आइरनर र पोटासियम जस्ता पोषक तत्व पाइन्छ । यसले कपाल कालो बनाउनमा सहयोग गर्छ । यसका लागि चार वटाजति अमलालाई सानो बनाएर टुक्रा बनाउनुपर्छ । उक्त टुक्रालाई पानीमा उमालेर त्यसलाई चिसो हुन दिने । हप्तामा दुईपटक यसलाई कपालको जरामा लगाए कपाल फुल्ने समस्याबाट छुटकारा मिल्छ । 

 Image