Successfully Copied

स्वेटर डेकोरेट गर्ने उपाय

स्वेटरमा कढाइ गर्दा फस स्टिच, बुलिअन स्टिच, स्टेम स्टिच, लेडीडेजी तथा साटन स्टिच प्रयोग गर्नुपर्छ । फ्रेन्च नटबाट कढाइ गरेर पनि स्वेटरको सुन्दरता बढाउन सकिन्छ ।

-    स्वेटरमा कढाइ गर्दा फस स्टिच, बुलिअन स्टिच, स्टेम स्टिच, लेडीडेजी तथा साटन स्टिच प्रयोग गर्नुपर्छ । फ्रेन्च नटबाट कढाइ गरेर पनि स्वेटरको सुन्दरता बढाउन सकिन्छ ।

-    स्वेटरमा हल्का हातले कढाइ गर्नुपर्छ, टाइट कढाइ पनि गर्नु हुँदैन ।

-    कढाइ गर्दा स्वेटरको मुनितर्फ कागजजस्तै पेपर फोम प्रयोग गरे कढाइ सफा देखिन्छ ।

-    कढाइ पूरा भएपछि धागोले स्वेटरको पछाडि राम्रोसँग गाँठो बनाएर बन्द गर्नुपर्छ । फाल्तु धागोलाई सावधानीपूर्वक कैंचीले काट्नुपर्छ ।

    

मोती, विड्स तथा नगद्वारा सज्जा : मोती, विड्स आदि प्रयोग गरे साधारण खालको स्वेटर पनि डिजाइनर बन्न पुग्छ । यद्यपि यसमा केही सावधानी पनि चाहिन्छ ।

-    मसिनो सुई र पक्का रंगको धागो प्रयोग गर्नुपर्छ ।

-    नग प्रयोग गर्दा स्वेटरको रंगअनुसार धागो प्रयोग गर्नुपर्छ । कन्ट्रास्टिङ कलरको धागो प्रयोग गर्दा स्वेटरको सुन्दरता बिग्रन्छ ।

-    स्वेटरमा नग, विड्स, मोती आदि लगाउँदा स्वेटरको भित्रपट्टिबाट धागोले अलग–अलग बाँध्नुपर्छ, ताकि एउटा बुनाइ खोलिनेबित्तिकै सबै गाँठो नखोलियोस् ।

-    स्वेटरलाई आइरन गर्नु हुँदैन । हल्का हातले धोएर छायामा सुकाउनुपर्छ ।

    

ग्राफ डिजाइन : ग्राफकर्डका थरीथरीका डिजाइन स्वेटरमा प्रयोग गरेर पनि त्यसको सुन्दरता बढाउन सकिन्छ । यसो गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

-    स्वेटरमा जुन रंगको ऊन प्रयोग भएको छ, ग्राफको डिजाइन पनि त्यही रंगको हुनुपर्छ ।

    ग्राफमा रंगलाई दर्शाउन संकेत चिन्ह वा रंगभन्दा पहिले अक्षर प्रयोग गर्नुपर्छ । यसबाट धेरै रंगको स्वेटर बनाउन समस्या हुँदैन ।

 डिजाइन ग्राफ पेपरमा : ग्राफ हेरेर डिजाइन बनाउन सहज हुन्छ तर जब डिजाइन वा आकृति बनाइन्छ, त्यसको कलर स्किम तयार गरेपछि मात्र स्वेटरमा बनाउन थाल्नुपर्छ अन्यथा बारम्बार खोल्दा स्वेटरको सेप बिग्रन सक्छ ।

    

डेकोरेट गर्नुपर्छ : प्लेन स्वेटर बनाएर बाहुला तथा तलपट्टि क्रोसिएबाट पाइनएप्पलको डिजाइन बनाएर नयाँ लुक दिन सकिन्छ ।

-    प्लेन स्वेटर बनाएर अगाडिको भागमा क्रोसिएबाट कलरफुल फ्लावर र पात तयार पार्न सकिन्छ ।

-    स–साना मोटिफ वा लेस बनाएर बाहुलामुनिको हिस्सामा लगाई स्वेटरलाई डेकोरेट गर्न सकिन्छ ।

-    अगाडि–पछाडिको भाग स्टकिङ स्टिचबाट बनाएर बाहुला क्रोसिएबाट बनाउनुपर्छ । घाँटीमा विडिङ गर्नुपर्छ ।

 

 Image