Successfully Copied

क्रिस्पी फ्रेन्चफ्राई

आलुलाई ताछेर पातलो–लामो हुने गरी काटेर चिसो पानीमा राख्ने । यसले आलुको रंग फरक हुन दिदैन । एउटा प्यानमा पानी र नुन हालेर उमाल्ने । आलु आधा पाकेपछि निकालेर कपडामा छानेर राख्ने । आलु सुख्खा भएपछि कर्नफ्लोर मिसाएर आधा घन्टा फ्रिजमा राख्ने ।

क्रिस्पी फ्रेन्चफ्राई

सामग्री : आलु १ वटा, कर्नफ्लोर ३ चम्चा, नुन स्वादअनुसार, चाट मसला स्वादअनुसार तथा तेल डिप फ्राई गर्न ।

 

विधि : आलुलाई ताछेर पातलो–लामो हुने गरी काटेर चिसो पानीमा राख्ने । यसले आलुको रंग फरक हुन दिदैन । एउटा प्यानमा पानी र नुन हालेर उमाल्ने । आलु आधा पाकेपछि निकालेर कपडामा छानेर राख्ने । आलु सुख्खा भएपछि कर्नफ्लोर मिसाएर आधा घन्टा फ्रिजमा राख्ने । कराहीमा तेल तताएर उक्त आलु फ्राई गर्ने अनि त्यसलाई निकालेर चिसो बनाउने । यसलाई सर्व गर्ने बेलामा एकपटक पुन: गोल्डेन ब्राउन हुन्जेल फ्राई गरी चाट मसला तथा नुन छर्कने ।

चिल्ली पोट्याटो

सामग्री : ३ वटा आलु, मैदा र कर्नफ्लोर आधा–आधा कप (२ चम्चा अलग्गै राख्ने), लसुन काटेको २ चम्चा, अदुवा १ टुक्रा काटेको, हरियो खुर्सानी २–३ वटा काटेको, सोया सस २ चम्चा, भेनेगर १ चम्चा, नुन स्वादअनुसार तथा हरियो प्याज १–२ वटा काटेको ।

विधि : आलुलाई ताछेर ठूलै आकारमा एउटै किसिमले काटेर पखाली सुख्खा हुन दिने । एउटा बावलमा मैदा, कर्नफ्लोर तथा पानीको पातलो घोल बनाउने । एउटा गहिरो कराहीमा तेल तताउने र पोट्याटो फिंगर्सलाई उक्त घोलमा डुबाएर त्यसलाई तातो तेलमा डिप फ्राई गर्ने । खैरो भएपछि निकालेर एकछिन राख्ने ।

कराहीमा २ चम्चा तेल तताई लसुन, हरियो खुर्सानी तथा अदुवालाई खैरो हुन्जेल भुट्ने । सोया सस, भेनेगर, नुन तथा आधा कप पानी हालेर उमाल्ने । २ चम्चा कर्नफ्लोरलाई पानीमा घोलेर उम्लिएको मिश्रणमा मिसाउने । ग्रेभी बाक्लो अर्थात् गाढा भएपछि आगोबाट निकाल्ने । फ्राई पोट्याटो फिंगर्सलाई त्यही ग्रेभीमा हालेर राम्रोसँग मिक्स गरी हरियो प्याजले सजाएर खाने–ख्वाउने ।

 Image