कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।

मेरो मासिक श्रावमा अहिले थोरै मात्र रगत जान्छ । के कारणले यस्तो भएको हो ?
महिनावारीमा थोरै रगत जाने समस्यालाई हाईपोमेनोरेजिया भनिन्छ । यो अवस्थामा महिनावारी २ दिनभन्दा कम हुन्छ भने थोरै मात्र रगत जान्छ । यस्तो हुनुको कारण गम्भीर नभएर धेरैजसो अवस्थामा मानसिक तनाव, चिन्ता आदि भएको पाइन्छ ।
त्यसैले यस्तो अवस्थामा चिन्तामुक्त रहनुबाहेक अन्य उपचार खासै चाहिँदैन । यसले भविष्यमा सन्तान नपाउने भने हुँदैन, सन्तान पाइसकेपछि यो समस्या आफै हराएर गएको पाइन्छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल