हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

हरेक चाडपर्वमा गीत संगीतले निक्कै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दसैंका लागि पनि विभिन्न कलाकारले विभिन्न शैलीका गीत सिर्जना गरेर बजारमा ल्याउने गरेका छन् । यो दसैंमा पनि गायिका दीपा पन्तले नयाँ गीत सार्वजनिक गरेकी छिन् । दसैं तिहार गाउँमै रमाईलो बोलको गीतमा दीपालाई गायनमा भुषण खतिवडाले साथ दिएका छन् । डा. कृष्णहरि बरालका शब्दमा संगीत तथा संगीत संयोजन भने संगीतकार हरि लम्सालले दिएका छन् ।
दसैं तिहार गाउँमै रमाईलो गीतको म्यूजिक भिडियो