Successfully Copied

फर्निसिङमा नयाँ च्वाइस

हिजोआज घरको बाहिरी भागलाई भन्दा भित्री भागको सजावट एवं डिजाइनमा धेरैको रुचि पाइन्छ । सोहीअनुरूप घरभित्रको फर्निसिङमा पनि ट्रेन्ड चेन्ज भएको देखिन्छ । मानिसहरूले वाल कम्बिनेसनअनुसार फर्निसिङमा भेराइटी खोज्छन् ।

हिजोआज घरको बाहिरी भागलाई भन्दा भित्री भागको सजावट एवं डिजाइनमा धेरैको रुचि पाइन्छ । सोहीअनुरूप घरभित्रको फर्निसिङमा पनि ट्रेन्ड चेन्ज भएको देखिन्छ । मानिसहरूले वाल कम्बिनेसनअनुसार फर्निसिङमा भेराइटी खोज्छन् ।

पर्दा

अहिले पर्दामा जस्तोसुकै चर्को घाम     भए पनि नखुइलिने लेमिनेटेड कपडा (ब्ल्याक आउट कपडा) ट्रिपल लेयर फेब्रिक फेसनमा छ । कटन फेब्रिकको पर्दा पनि धेरैले मन पराएका छन् । अहिले सेड र नेट एउटै कलर र वर्कको पनि माग छ । मरुन, गोल्डेन ब्राउन र क्रिम कलरका पर्दा सबैले रुचाइरहेका छन् । न्यूट्रल कलर जुनसुकै कलर कम्बिनेसनमा फिट हुने हुँदा मानिसहरूको रुचिमा पर्दैछ । मरुन टेक्सर मार्बल, वुडन जे भए पनि यसमा म्याचिङ हुन्छ । अहिले लेनिन पर्दाको पनि त्यत्तिकै माग छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा छनोट गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ । सिल्क, साटन, भेल्भेट जस्तै साइनी फेब्रिकका पर्दाले कोठालाई ट्रेडिसनल लुक दिन्छन् । भित्ताजस्तै पर्दाका लागि पनि कन्ट्रास्ट कलर छनोट गर्न सकिन्छ । पर्दाका लागि सिल्क, साटन वा कटन फेब्रिक छनोट गर्नुपर्छ । बाँसबाट बनेका बेनेसियन ब्लाइन्ड पर्दा पनि उत्कृष्ट छनोट हुनसक्छ ।

कुसन

बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन कभर परिवर्तन गरिरहनुपर्छ । स्पेशल अवसरका लागि कटनको साटो सिल्क, भेल्भेट, टिस्यु, ओर्गन्जा आदि फेब्रिक छनोट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । अहिले १६ बाई १६ तथा १८ बाई १८ को कुसन फेसनमा छ । यसमा स्टान्डर कटन, जुट, सिल्क, राजस्थानी प्रिन्ट बढी चल्तीमा छ । मरुन, गोल्डेन, कोला ब्राउन कलरको कुसन कभर धेरैले रुचाउँछन् । सोफा मरुन छ भने कन्ट्रास्टका लागि पर्पल ब्लु कलरको कुसन उपयुक्त हुन्छ ।

फ्लोरिङ

अहिले फ्लोरिङमा वुडन सेड धेरैको रोजाइमा छ । त्यसमा पनि क्यालियो वुडनजस्तो देखिने हेवी टाट फ्लोरिङ इन्टेरियरको पहिलो च्वाइस हुँदैछ । कार्पेटमा धूलो बढी टाँसिने तथा सफा गर्न पनि गार्‍हो हुने कारण राम्रो, स्मार्ट र सजिलोका लागि पार्केटिङसँगै त्यस्तै देखिने लेमिनेटेड, टाटले फ्लोरिङ गर्न सकिन्छ । हेभी टाट लगाएपछि १२–१३ वर्षसम्म ढुक्क हुन सकिन्छ ।

कार्पेट

अहिले टप्ड कार्पेटको चलन बढेको छ । कार्पेटमुनि पोली पर्म राखेर फिटिङ गरिने हुँदा यो आकर्षक एवं टाइडी हुन्छ । धूलो नटाँसिने हुँदा यो कार्पेट बालबालिकाहरूको कोठाका लागि उपयुक्त छ । कलरफूल रग्स वा फ्लावर सेपको कार्पेट तथा ह्यान्डमेड गलैंचा, लिभिङ एरिया तथा बेडको साइडमा नेपाली गलैंचा पनि निकै आकर्षक देखिन्छ । त्यसमा पनि जाडो मौसममा लबी, बाटोहरूमा पनि डिजाइनर कार्पेट राखेर सुन्दर तथा न्यानो बनाउन सकिन्छ ।

ल्याम्प

सेलियन्डरलाई डाइनिङ टेबल र कोठाको मध्यभागमा लगाउनुपर्छ । एन्टिक फिनिसयुक्त ल्याम्प पनि लोकप्रिय छ । घरलाई परम्परागत लुक दिन एन्टिक ल्याम्पको छनोट उपयुक्त हुन्छ । अहिले बजारमा नेपाली कागजका विभिन्न कलर तथा डिजाइनका ल्याम्प पनि उपलब्ध छन् । आफ्नो मुड तथा कोठाको आकारअनुसार ल्याम्प प्रयोग गर्न सकिन्छ ।

सोफा

हिजोआज कर्नर तथा एल आकारका सोफा चल्तीमा छन् । सोफाको फोम डेन्सिटी ५० को राम्रो हुन्छ । सोफाको कभरिङमा इन्डियन तथा नेपाली फेब्रिक प्रयोग गर्न सकिन्छ ।

 Image