Successfully Copied

तीजको मेकओभरमा निशा पाठक

यसपटक तीजको मेकओभरका लागि मोडल तथा मिस हेरिटेज नेपाल निशा पाठकलाई छानिएको छ । तीजका बेला व्रत बस्ने, मठमन्दिर जाने एवं नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ । त्यसैले निशाका लागि सबै शृंगार सामग्री वाटरप्रुफ नै प्रयोग गरिएको छ ।

मेकअप फाउन्डेसनमै भर पर्ने भएकाले फाउन्डेसन उनको स्किनका अनुसार लगाई कम्प्याक पाउडरले सेट गरिएको छ । लिपिस्टिक लगाउनुअघि फाउन्डेसन तथा कम्प्याक पाउडर लगाएर लिपिस्टिक लगाई टिस्युले ड्याप गरिएको छ । यो मेकओभरमा पाठकको ओठमा म्याट लिपिस्टिक लगाई ग्लसले टच गरिएको छ ।

रातो पहिरनसँग आँखालाई स्मोकी गरी गोल्ड स्याडो बेस गरेर कालोले मर्ज गर्दा निशा अझै राम्री तथा आकर्षक देखिएकी छिन् । हल्का फाउन्डेसन आइलिडमा लगाए आइस्याडोको वास्तविक रंग आउँछ । निशाको आइबोनमा हाइ लाइटर आइस्याडो लगाई आँखालाई आकर्षक बनाइएको छ । गाजल अनि मस्कारा लगाई हल्का पिच कलर ब्लस प्रयोग गरेर यो मेकओभर पूरा गरिएको छ । यो वाटरप्रुफ मेकअप घरमै गर्न पनि सजिलो छ । तीजको समयमा यस्तो मेकअप राम्रो पनि देखिन्छ ।

मोडल : निशा पाठक

मेकअप तथा हेयर : संगीता प्रधान, काया द स्पट, कुपन्डोल

पहिरन : रूना मानन्धर, इनोभ एट बुटिक, कुपण्डोल

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : नवराज वाग्ले

 Image