Successfully Copied

व्रतमा के खाने ?

- पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । - व्रतमा फ्रुट, दूध, चना–मकैको सातु आदि खानु उपयुक्त हुन्छ ।

उषा शाह, डाइटिसियन

-  पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

- व्रतमा फ्रुट, दूध, चना–मकैको सातु आदि खानु उपयुक्त हुन्छ ।

 

- व्रतको अघिल्लो दिन साबिकको खानाभन्दा केही बढी क्यालोरीयुक्त खाँदा भोलिपल्टलाई तागत मिल्छ ।

- बढी तौल भएकाहरूले अघिल्लो दिन बढी क्यालोरीयुक्त खाना नखाए पनि फरक पर्दैन । किनभने पहिलेदेखि नै स्टक बसेको क्यालोरी बर्न हुने अवसर मिल्छ जसले शरीरलाई हल्का र ताजा महसुस गराउँछ ।

-  व्रत बस्दा भारी मात्रामा घिउ राखेर काँडा पानी खाने चलन छ, यसको चिल्लोले भोको पेटमा ग्यास्ट्राइटिस बढाउन सक्छ ।

- व्रतका बेला पानी, जुस आदि तरल पदार्थ पिइरहनुपर्छ ।  

 

 Image