Successfully Copied

वर्षाका लागि घरेलु प्याक

३ चिया चम्चा ओटमिल, एउटा अण्डाको सेतो भाग, एक चिया चम्चा मह तथा एक चिया चम्चा दही मिसाएर केही समय फ्रिजमा राख्ने । अनुहारलाई सफा गरेर यो प्याक प्रयोग गरी सुकेपछि अनुहार धुने ।

ओटमिल हनी प्याक

३ चिया चम्चा ओटमिल, एउटा अण्डाको सेतो भाग, एक चिया चम्चा मह तथा एक चिया चम्चा दही मिसाएर केही समय फ्रिजमा राख्ने । अनुहारलाई सफा गरेर यो प्याक प्रयोग गरी सुकेपछि अनुहार धुने ।

स्ट्रबेरी थेरापी

४ देखि ६ वटा स्ट्रबेरी म्यास गरेर पेस्ट बनाउने । यसमा एक चम्चा गुलाबजल मिसाएर प्याक बनाउने । २० मिनेटसम्म अनुहारमा प्रयोग गरे अनुहारमा ग्लो देखापर्छ ।

मिन्ट ब्युटी

पुदिनाको पातलाई पिसेर पेस्ट बनाउने अनि त्यसमा आधा केरा म्यास गरी मिसाउने । अनुहारमा प्रयोग गरेको १० मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने ।

फेसियल स्क्रब

चामलको आटा वा बदाम पिसेर पेस्ट बनाउने । त्यसमा दही मिसाउने । १५ मिनेटसम्म अनुहारमा राख्ने । यसबाट अनुहारको राम्रो क्लिज हुन्छ । यसलाई हल्का हातले स्क्रब गरी अनुहार धुनुपर्छ ।

एग फेस प्याक

तैलीय छालामा यो प्याक अत्यन्त प्रभावकारी हुन्छ । एउटा अण्डाको सेतो भागमा एक चिया चम्चा मह मिसाइएको प्याक अनुहारमा लगाएर सुकेपछि अनुहार धुनुपर्छ ।

आल्मोन्ड मास्क

५–६ वटा बदाम, दुई चिया चम्चा ओटमिल, ४ चिया चम्चा मख्खन, दुई थोपा कागतीको रस तथा एउटा म्यास गरिएको एबोकाडोको पेस्ट बनाउने । २० मिनेटसम्म अनुहारमा प्रयोग गर्ने । अब कटनलाई चिसो दूधमा भिजाएर प्याक पुछ्ने अनि अनुहारमा चिसो पानी छर्कदै धुने । मोइस्चराइजर प्रयोग गर्ने । यो प्याक ड्राइ, डल तथा रिंकलयुक्त स्किनमा अत्यन्त प्रभावकारी साबित हुन्छ ।

लेमन ब्लिच

आधा मुलालाई म्यास गर्ने । त्यसमा कागतीको रस मिसाएर १० मिनेटसम्म अनुहारमा राखी धोएर सर्कुलर मोसनमा मसाज गर्ने । मनतातो पानीले अनुहार पखाल्ने ।

फेसियल टोनर

गुलाबजल र काँक्राको रस मिसाएर फ्रिजमा राख्ने । त्यसमा कटन डुबाउँदै अनुहारलाई पुछ्ने । यो राम्रो होममेड टोनर हो ।

 Image