Successfully Copied

घनमायाको तीज गीत

श्रोता तथा दर्शकमाझ आउकी छिन् । आगनीको डिलैमा शितलु पर्‍यो पीपलु छायााले हो की बरीलै तीज आउने बेलामा बाडुल्की लाग्यो आमाको मायाले हो की बरीलै ..

गायिका घनमाया राना हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत लीएर श्रोता तथा दर्शकमाझ आउकी छिन् ।

आगनीको डिलैमा शितलु पर्‍यो

पीपलु छायााले हो की बरीलै

तीज आउने बेलामा बाडुल्की लाग्यो

आमाको मायाले हो की बरीलै ..

बिसंगतीका बिचमा विकृत शब्द र लयमा तीजका गीतहरु आइरहेका बेलामा घनमाया रानाको यो गीत भने मौलकि रहेको छ । पछिल्लो समयमा तीजका गीतहरु छाडाहुादै गएको अवस्थामा संगीतकार सन्तोष श्रेष्ठले यस गीतलाई ठेट मौलीक तीज गीतको लयमा उतारेका हुन् ।

गीतकार शान्तिप्रियको शब्दमा संगीतकार सन्तोष श्रेष्ठले मौलिकपनलाई राम्ररी उतारेका छन् । निर्माताजीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफुले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताए । गायिका घनमायाले पनि तीजको मौलीक गीत आफूले गाउन पाएकोमा सन्तुष्टी ब्यक्त गरिन् । ‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन बााचीरहोस’ संगीतकार श्रेष्ठले भने ।

गीतको भिडियो गोपाल थापाले निर्देशन गरेका छन् । यस तीज गीतमा रिना थापा र मिठ्ठु आलेको अभिनय छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ । गोल्डेन क्रियशनको प्रस्तुती यस गीतलाई आजै मात्र म्यूजीक नेपालले यूट्यूव मार्फत सार्बजनिक गरेको छ ।

आगनीको डिलैमा गीतको भिडियो :  

 Image