श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
अहिले डाइनिङ टेबल सहरी जीवनको अभिन्न अंग भएको छ । भान्सामै अथवा भान्सासँग जोडिएको नजिकैको खाना खाने स्थान वा डाइनिङ हलमा डाइनिङ टेबल राख्नु आधुनिक मध्यमवर्गीय नेपालीहरूको रुचि नै बनेको पाइन्छ । यो सोखबाट बिस्तारै अत्यावश्यक वस्तुका रूपमा परिणत हुँदै र नेपाली संस्कृतिसित पनि जोडिँदै गएकाले खाना खाने समयको अपरिहार्य साथी बन्न पुगेको छ ।
इन्टेरियर डिजाइनर सपना भुसाल भन्छिन्, ‘परिवारका सबै सदस्य सँगै बसेर कुराकानी गर्दै एकसाथ खाना खान मिल्ने सुविधा प्रदान गर्ने भएकाले डाइनिङ टेबलले परिवारलाई एक सूत्रमा बाँध्न मद्दत गर्छ तसर्थ डाइनिङ टेबल आकर्षक तथा आरामदायक हुनु आवश्यक छ ।’ बजारमा काठ, स्टिल, आल्मुनियम तथा सिसाका डाइनिङ टेबल उपलब्ध छन् । विभिन्न आकार एवं डिजाइनका डाइनिङ टेबलमध्ये कुनचाहिँ आफ्ना लागि उचित हुन्छ त्यही खरिद गर्नु उचित हुन्छ ।
गोलाकार डाइनिङ टेबल
खोल्न मिल्ने डाइनिङ टेबल
चारकुने डाइनिङ टेबल
खण्डयुक्त डाइनिङ टेबल