Successfully Copied

जुनीजुनी एक अर्काको साथ चाहने जोडी

श्रीमतीको हरेक काम, करियर तथा इच्छामा पूर्ण सहयोग गर्ने जीवनसाथी पाउँदा समा दंग छिन् ।

श्रीमतीको हरेक काम, करियर तथा इच्छामा पूर्ण सहयोग गर्ने जीवनसाथी पाउँदा समा दंग छिन् । हरेक कुरामा एक–अर्काको साथ पाइरहेको यो जोडीको जीवन राम्रोसँग बितिरहेको छ । दुवै एकै स्वरमा भन्छन्–‘हामी साथ भएकोमा एकदमै भाग्यमानी महसुस गर्छाैं । हाम्रो साथ हरेक जुनीमा होस् भन्ने चाहना छ ।’

समा बानु ,सरफराज अहमद रहिन

म स्वतन्त्रता मन पराउँथें

पन्छीझैं उड्न चाहन्थें

डर थियो

विवाहपछि कतै मेरो प्वाँख काटिन्छ कि

तर

सोचेजस्तो भएन

मैले अझ निर्धक्क रूपमा प्वाँख फिजाएर उड्न पाएँ....

डर थियो समालाई । समुदायमा संघर्ष गरी स्थापित गरेको आफ्नो नाम वैवाहिक सम्बन्धको सागरमा डुब्ने त होइन, घरभित्र रुमल्लिएर बस्नुपर्ने त होइन ? शंका थियो तर अहिले शंका गरेजस्तो रहेन जीवन । बरू स्वतन्त्रता थपियो अझै । फेसन डिजाइनर समा बानु विवाहपछि हाल अमेरिकामा छिन् । विवाहअघिसम्म माया–प्रेमका बारेमा अनभिज्ञ समा विवाहपछि नै माया के रहेछ भनेर आफूले थाहा पाएको बताउँछिन् । सन् २०११ मा एकजना साथीबाट चिनजान भएका उनीहरूले विवाहअघि डेटिङ जाने अवसर पाएनन् । त्यसपछि परिवारलाई मिलाएर कुरा अघि बढाइयो ।

अमेरिकन आर्मीमा आबद्ध सरफराज अहमद रहिनसँग जीवन र करियर अघि बढाइरहेकी समालाई श्रीमान्ले फेसन डिजाइनिङमा अझ उत्कृष्ट बनाउने सोचले फेसन कलेज भर्ना गरिदिए । श्रीमतीको हरेक काम, करियर तथा इच्छामा पूर्ण सहयोग गर्ने जीवनसाथी पाउँदा समा दंग छिन् । हरेक कुरामा एक–अर्काको साथ पाइरहेको यो जोडीको जीवन राम्रोसँग बितिरहेको छ समाको । दुवै एकै स्वरमा भन्छन्–‘हामी साथ भएकोमा एकदमै भाग्यमानी महसुस गर्छाैं । हाम्रो साथ हरेक जुनीमा होस् भन्ने चाहना पनि छ ।’ समा भन्छिन्–‘मेरा कमी–कमजोरी देखाएर सही बाटोमा अग्रसर हुन सपोर्ट गर्नु चानचुने कुरा होइन । विवाहअघिको मेरो सारा डर उनीसँगको विवाहपछि हटेको छ । मैले

आफ्नो क्षेत्रमा निखारिने अवसर पाएकी छु ।’

फुर्सदमा सँगै घुमघाम गर्ने, घरमै मीठा–मीठा परिकारहरू बनाएर खाने यो दम्पतीको संगीत र चलचित्रसम्बन्धी च्वाइस पनि मिल्दोजुल्दो छ । विवाहअघि डेटिङ जान नपाए पनि अहिले उनीहरू नयाँ–नयाँ ठाउँहरू घुम्दैछन् ।

 Image