Successfully Copied

अदितिको चर्चा चुलिंदै

मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उतिक्कै छ ।

मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उतिक्कै छ । उनले नेपाली रजतपटमा चलचित्र ‘कृ’ मार्फत् डेब्यु गर्दैछिन् र देखिने छिन् सिल्भर स्क्रिनमा अहिलेका युवापुस्ताका सर्वाधीक लोकप्रिय अभिनेता अनमोल के.सी.संग । मोडलिङको सिलसिलामा काठमाडौंदेखि मुम्बईको यात्रा तय गरेकी अदितिले मुम्बईमा आफ्नो प्रभाव राम्ररी जमाउन थालिसकेकी छिन् । हालै मात्र उनी अभिनीत गायक सन्दीप ब्रारको स्टेप कट् बोलको पन्जाबी म्युजिक भिडियो अहिले हटकेक बन्न पुगेको छ । युट्युबमा ख्याति कमाउँदै यो भिडियो रिलिजको छोटो समयमै दुई लाख भन्दा बढी पटक हेरिएको म्युजिक भिडियो बन्न सफल भएको छ र यसको दर्शक संख्या बढ्दो क्रममा रहेको छ ।

सुन्दर एवं चार्मिङ मुहार, ५ फिट ५ इन्च उँचाईको शरीरमा चिटिक्क मिलेको जिउडाल, सिम्पल शालीन देखि स्टनिङ ग्ल्यामरस लुकमा उत्तिकै प्रभावकारी देखिन सकिने उनको क्षमता र प्रस्तुतिले उनलाई नेपाली र मुम्बईमा रहेका थुप्रै फेसन फोटोग्राफरहरुको लेन्समा कैद हुने अवसर प्रदान गरेको छ । जसमा उनी सफल र प्रभावकारी देखिएकी छिन् । भारतीय फेसन फोटोग्राफरका फोटोग्राफी कलाको शोभा बन्न सफल भएकी २४ वर्षिया अदिति आफ्नो फेसन ब्लग अदितिज् क्लोजेट मार्फत् फेसन सम्बन्धी लेखनमा र त्यसमार्फत् धेरैलाई पछिल्लो फेसन शैलीमा बारे सजग गराउनमा पनि सक्रिय रहादै आएकी छिन् । 

आईटीमा स्नातक डिग्री प्राप्त अदिति ईद सीरान, वन् डिरेक्सन सुन्न रुचाउँछिन् भने डिस्नी मुभीप्रति उनी बढी झुकाव राख्छिन् । घर पालुवा जनावरमा कुकुर मनपराउने अदिति शपिङका पनि उत्तिकै शौखिन हुन् । रातो र गोल्डेन उनको मनपर्ने कलर शेड्स हो उनको पहिरन चयनमा ब्ल्याक ड्रेस, जिन्स, व्हाइट शर्ट र भिन्टेज ड्रेस पर्दछ ।

 Image